gulminews logo
शनिबार, २०८१ बैशाख ८

घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड गरी ल्याप्टप चोरियो, सिसिटिभी फुटेज भएको हार्डडिस्क खर्यानमा भेटियो

हुमाकान्त पोखरेल
गुल्मी, माघ ०८ । गुल्मीको मालिका गाउँपालिका –७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । सिसिटिभिको भिडियोअनुसार बुधबार राति १० बजेर १९ मिनेटमा एकजना व्यक्तिले कार्यालय तोडफोड गरेका छन् ।

कार्यालयका दुवै ढोका तोडी एउटा ल्यापटप चोरले लगेका छन् । त्यस्तै सिसिटिभिको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको ख¥यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेद प्रसाद पन्थले जानकारी दिए । चोरले कार्यालयका महत्वपूर्ण कागजपत्रहरु पनि च्यातेका छन् ।

स्मरण रहोस्, घमिरको वडा कार्यालयमा यसभन्दा अगाडी ०७६ पौष ९ गते र गत असौज १० गते तोडफोड भएको थियो । तर चोर भने पत्ता लागेको थिएन । लगातार दोस्रो पटक कार्यालय तोडफोड भएपछि सिसिटिभि राखिएको थियो । यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय, गुल्मीले मुचुल्का तयार गरी घटनाको बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D