gulminews logo
शुक्रबार, २०८० चैत्र १६

ग्राण्ड फिनाले लाईभ गर्न “फेल” भएको नेपाल आईडललाई सोसल मिडियामा यसरी उडाईयो

गत केही समय देखी ठुलो चर्चा नेपाल आईडलको थियो । देश भित्र होस् वा बाहिर चर्चा यसकै थियो । नेपाल आईडल ग्राण्ड फिनालेको चर्चाले प्रदेश नं २ को स्थानिय निकायको मतगणनालाई पनि ओझेलमा पर्‍यो यो साता ।

खुबै तामझामका साथ यस्को फाइनलमात्र हैन ‘ग्रान्ड फिनाले’ कतारको सनायामा हुने हल्ला पिटाईयो । प्रोमोसन राम्रै गरिएको थियो । टप थ्री प्रतियोगीका फ्यानहरु र नेपाल आईडलका दर्शकहरुले ब्यग्र प्रतिक्षा गरिरहेका थिए फिनाले’ लाईभ हेर्न । नेपाल टिभीको स्क्रिनमा काउन्टडाउनसमेत गरियो। तर निर्धारित समय रातको ८:४५ मा त लाइभ हैन, सुरु भयो द टक सो। विप्लव प्रतीक कवि हुन्।

केही समय टक सो चलाए पछी निरन्तर दुर्गा भजन र दसैं गीत बज्ने थाले । दर्शकहरु भने २-३ घण्टा बिती सक्दा पनि AP1 HD टि.भीमा लाईभ कुरिरहेका थिए । तर टिभिमा लाईभ कार्यक्रम आएन बरु दोहाको सनाया हलमै कार्यक्रम हेर्न गएका नेपालीहरुले आफ्नो फेसबुकमा धमाधम लाईभ गर्न थाले । आज सम्म अत्यन्तै सफल र गुणस्तरीय रुपमा निर्माणसन्चालन गरिएको पहिलो फ्रान्चाईज टिभी शो भनेर वाहिवाही पाएको कार्यक्रमको शाख त्यतिबेला गर्ल्याम गुर्लुम भयो जतिबेला ग्राण्ड फिनालेमा “दर्शक जिल्ल, आयोजकको बिल्ला” भए ।

एपिवान एच डि १ टि.भी नेपाल आईडलको ग्राण्ड फिनाले लाईभ गर्न पूर्ण रुपमा असक्षम भएको क्षण भरमै सोसल टिभी र शोलाई यसरी उडाईयो, हेरौ:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D