gulminews logo
मंगलवार, २०८० चैत्र ६

भिडियो: गुल्मेली सागर र झापाली उषाको “प्रेम कहानी”

टोपलाल अर्याल
गुल्मी, २५ मंसिर । गायक सन्जिब खरेल र निकिता थापाको स्वरमा रहेको म्युजिक भिडियो ‘प्रेम कहानी’ सार्वजनिक भएको छ। जसमा गायक स्वयंमको स्वरमा रहेको गितमा झापाकी उषा उप्रेती र गुल्मेली सागर थापाले उत्कृष्ट मोडलिङ गरेका छन्। सागर थापा गुल्मीको मालिका गाउँपालिका ४ अर्खबाङका हुन । उनले थुप्रै नाटक तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन । त्यस्तै उषा टिकटकमा निकै चर्चित छन ।

भिडियोलाई प्रबिन भट्टले निर्देशन तथा सम्पादन गरेका छन । उच्च प्रबिधिको प्रयोग गरेर निर्माण गरिएको भिडियोको निर्देशन र सम्पादन पक्ष पनि त्यतिकै उत्कृष्ट देखिएको छ। लुम्बिनी लगायत देशका विभिन्न स्थानमा पुगेर छायाङ्कन गरेकाले भिडियोमा मिहेनत पनि उत्तिकै देखिन्छ। भिडियोलाई विपि फिल्मस् नेपालले निर्माण गरेको हो। भिडियोमा अनिल के मानन्धर र करन चैसरले छायांकन गरेका छन । भने संगित संयोजन उदयराज पौडेलले गरेको म्युजिक भिडियोमा कोरियोग्राफी भने प्रमोद भण्डारी गरेका हुन्।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D