gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

गुल्मेली चेलीको दशैँ गीत “झल्को गामको…” सार्वजनिक (भिडियो सहित)

गुल्मीन्युज
गुल्मी, असौज ०६ । गुल्मेली चेलीको दशैँ गीत सार्वजनिक भएको छ । सर्जक सरिता मरासिनिको दशैँ गीत “झल्को गामको….” सार्वजनिक भएको हो ।

दशैँ नजिकिँदै गर्दा कलाकारहरु राजन कार्की र शान्ती श्री परियारको आवाजमा रहेको गीत भर्खर सार्वजनिक गरिएको छ । गीतमा सरिता मरासिनीको उत्कृष्ट शब्द सिर्जना रहेको छ भने सागर लामाको लय सिर्जना रहेको छ । गीतको म्युजिक भिडियो पनि चर्चित निर्देशक प्रकाश भट्टले उत्कृष्ट कथामा दमदार बनाएका छन । गीत गत बिहीवार सर्जक सरिता मरासिनिले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।

सुरविर पण्डित, रश्मि भट्ट, सुमन परियार, चिजा तामाङ र पुजा भट्टको अभिनय रहेको म्युजिक भिडियोको छाँयाङ्कन दुर्गा पौडेलले गरेका छन् । त्यस्तै शाई भिजन प्रा.लीको पोष्ट प्रोडकशन रहेको भिडियो बिष्णु शर्माको सम्पादनमा तयार भएको हो । गुल्मीन्युज डट कम परिवार गीतको सफलताको कामना गर्दछौँ ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D