gulminews logo
आईतवार, २०८१ बैशाख १६

गुल्मेली अधिकृत समाजको कार्यक्रममा ५० जनाले गरे रक्तदान

काठमाडौं, असार ९ । गुल्मी स्थायी घर भर्इ विभिन्‍न विभागमा कार्यरतहरुको साझा संस्था गुल्मेली अधिकृत समाजले रक्तदान कार्यक्रम सम्पन्‍न गरेको छ । बुद्धनगरस्थित इनोभेटिभ स्कुलमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको समाजले जनाएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष शंकर खरेलको सभापतित्वमा आयोजित कार्यक्रममा समाजका महासचिव टंकप्रसाद पाण्ड्यले सबैलार्इ स्वागत गरेका थिए । स्वागत मन्तव्य व्यक्त गर्दै पाण्ड्यले मानव जीवनमा सबैभन्दा ठुलो धर्म नै रक्तदान भएको उल्लेख गर्दै रक्तदान जीवनदान भएको बताएका हुन् ।

कार्यक्रममा सहभागी विभिन्‍न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरुले रक्तदान गरेका थिए । रक्तदान गरेका ५० जनालार्इ समाजका अध्यक्ष शंकर खरेल र उपाध्यक्ष दामोदर भण्डारीले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा गुल्मेली समाजका अध्यक्ष हरिप्रसाद न्यौपाने, नेपाल सरकारका सचिवहरु, पूर्वमन्त्रीहरु तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरु, विद्यालयका शिक्षकशिक्षिकाहरुको उपस्थिति रहको थियो ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D