gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मी सेवा समाज कतारद्वारा ‘कलम र मलम’ अक्षयकोषका लागि सहयोग

गुल्मी, माघ ०९ । गुल्मी सेवा समाज कतारले अक्षयकोषका लागि आर्थिक सहयोग गरेको छ । समाजले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुको लागि स्थापना गर्न लागेको अक्षयकोषका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।

दरवार देउराली दर्शन सेवा समाज र गुल्मीदरबार गाउँपालिकामा रहेको युनाइटेड हेल्थ एण्ड फिट्नेस क्लब युएचएफसि बिच सहकार्य गरी स्थापना गर्न लागिएको ‘कलम र मलम’ नामक अक्षयकोषका लागि समाजले २२ हजार १ सय ५५ नगद सहयोग गरेको छ । समाजले आफ्नो स्थापना कालदेखि नै गुल्मीका दुखी, पीडित र विपद्मा परेकाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

केही समय अघि सवारी दुर्घटनामा परेका चारपाला निवासी रुपा खड्काका छोरा विनोद खड्काको उपचारका लागि कतारमा रहेका चारपालाबासी युवा साथीहरु र गुल्मी सेवा समाजको सहकार्यमा ४२ हजार सहयोग गरेको थियो । अहिलेसम्म यो अक्षयकोषका लागि २ लाख ५० हजार रकम संकलन भइसकेको क्लवले जनाएको छ ।

पढ्ने चाहाना भएका तर आर्थिक अभावका कारण विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको लागि ५ लाखदेखि १० लाखसम्मको अक्षयकोष स्थापना गर्ने तयारीमा रहेको युनाइटेड हेल्थ एण्ड फिट्नेस क्लवका अध्यक्ष इन्द्रबहादुर थापाले बताए । सहयोग गर्न चाहाने संघ संस्था वा कुनै पनि व्यक्तिले ग्लोबल आइएमइ बैंक शाखा गौडाकोटमा रहेको क्लबको खातामा आफ्नो नाम र सहयोगको उद्देश्य समेत खुलाई सहयोग प्रदान गर्न सकिने अध्यक्ष थापाले बताए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D