gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मी सेवा समाज कतारको अध्यक्षमा पन्थी निर्वाचित

दोहा कतार, नोभेम्बर २१ । ‘गुल्मी सेवा समाजको प्रतिबद्धता निःस्वार्थ समाज सेवा आजको आवश्यकता’ भन्ने मूल नारा लिएर सन् २००३ मा कतारमा स्थापना भएको गुल्मी सेवा समाज कतारको आठौँ साधारण सभा सम्पन्न भएको छ । सभाबाट कुमार पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सभा संस्थाका अध्यक्ष झविन्द्र आचार्यको सभापतित्व तथा संरक्षक शिव खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमको खुल्लासत्रमा संस्थाका प्रथम उपाध्यक्ष कुमार पन्थीले स्वागत मन्तव्य राखेका थिए । बिधिवत उद्घाटन गरिएको कार्यक्रममा २७ महिने लामो कार्यकालमा संस्थाले गरेका कार्य प्रगति विवरण सचिव कमल अर्यालले पेस गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरूले सांगितिक प्रस्तुति दिएका थिए भने विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । खुल्ला सत्रको अन्त्यमा बोल्दै प्रमुख अतिथि खड्काले समाज उदाहरणीय संस्थाको रूपमा देशदेखि विदेशसम्म परिचित भएको बताए । सचिव कमल अर्यालले सहजिकरण गरेको सभाको समापन गर्दै सभापति आचार्यले आआफ्नो क्षेत्रबाट २७ महिने लामो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, कतारमा रहेका गुल्मेली तथा सम्पूर्ण जनहरूमा कृतज्ञता प्रकट गरेका थिए ।

साधारण सभाको दोस्रो चरण अर्थात् बन्द सत्रमा संस्थाका कोषाध्यक्ष सुरज चन्दले कुल १ लाख २३ हजार ३१७ रियाल आम्दानी गर्दै १लाख ४ हजार ९१५ रियाल खर्चिँदै १८ हजार ४०२ रियाल बचत गरेको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

आगामी २ वर्षका लागि कुमार अविरल पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका छन् । कार्यसमितिको प्रथम उपाध्यक्षमा कमल अर्याल, दित्तिय उपाध्यक्ष, मित्र बि. एस, सचिव सुरज चन्द बोहोरा, सहसचिव दर्शन सुनुवार, कोषाध्यक्ष कमल ज्ञवाली, सहकोषाध्यक्ष देव लम्साल निर्विरोध निर्वाचित भएका छन् ।

महिला संयोजकमा कल्पना घर्ती निर्विरोध चयन भएकी छिन् भने सदस्यहरूमा टिकाराम गौतम, यमलाल पोख्रेल, चक्र चन्द, सुमन चन्द, गोपाल बहादुर पछाई, कमल खत्री, कुमार राहादी मगर, बिमल सिंह कार्की निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन संयोजक क्रान्ति सिंहले पद तथा गोपनीयताका शपथ ग्रहण गराएका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D