gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी महोत्सवमा शुरु भयो नृत्य प्रतियोगिता, जित्नेलाई ४१ हजार रुपैँया पुरस्कार

अनिल खत्री
२३ चैत, गुल्मी । गुल्मी महोत्सवमा खुल्ला समुहगत नृत्य प्रतियोगित हुने सुरु भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २० गतेदेखि ३० गते सम्म सञ्चालन भइरहेको प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव एवं व्यापार मेलामा समुहगत नृत्य प्रतियोगिता राखिएको हो ।

महोत्सवलाई थप आर्कषक र स्थानिय कलालाई उजागर गर्ने उदेश्यले विद्यालयस्तरिय खुल्ला समुहगत नृत्य प्रतियोगिता राखिएको साँस्कृतिक कार्यक्रम संयोजक सतनु थापाले बताए । खुल्ला समुहगत नृत्य प्रतियोगिताको लागि १८ वटा समुहले भाग लिने भएका छन् । प्रतियोगिताको पहिलो चरणको छनोट सुरु गरिएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार १ सय ११, द्धितिय हुनेलाई ३१ हजार १ सय ११, तृतिय हुनेलाई २१ हजार १ सय ११ रुपौयाँ पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सान्तवना हुनेलाई ११ हजार एक सय ११ र सहभागितलाई पनि प्रमाण पत्रको व्यवस्था गरिएको संयोजक काउछाले बताए । महोत्सवमा ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ सञ्चालन भइरहेको छ ।

महोत्सवबाट बचत भएको रकम मध्ये ४० प्रतिशत सामाजिक कार्यमा र अरु ६० प्रतिशत संस्थागत विकासमा खर्च गरिने आयोजकले जनाएको छ । ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई महोत्सव स्थलभित्र निःशुलक प्रबेशको व्यवस्था गरिएको छ । विद्यार्थी, अपाङ्गता भएका र एकल महिलाहरुलाई ४० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।

महोत्सवमा प्रबेश गर्न प्रतिव्यक्ति ५० रुपैयाँको टिकट छ । छुट अनुसार विद्यार्थी, अपाङ्गता भएका र एकल महिलालाई ३० रुपैयाँ पर्छ । मेलामा २३० वटा स्टल रहेका छन् । तम्घासको चिदिचौर खेल मैदानमा संचालन भएको महोसत्वमा कृषिलाई उच्च प्रथामिकता दिइएको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए ।

महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा बिशेष प्रथामिकता दिइएको महोत्सव मुल आयोजक समिति सह–संयोजक नवराज भुसालले बताए । जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उदेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने बताए ।

महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, अर्जुन, बिचित्र गुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका दर्जनौ पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको महासचिव कृष्ण भण्डारीले बताए । मेलामा प्रत्येक दिन ख्याति प्राप्त राष्ट्रिय,हास्य व्यग्य कलाकारहरुको प्रस्तुति रहने गरेको छ ।

शनिवारको कार्यक्रममा कामल खत्री, मञ्जु पौडेल, शान्तीश्री परियार, बैकुण्ठ महत लगायतका कालाकारहरुको प्रस्तुतति रहेको थियो । आइतवारको कार्यक्रममा शपुपति शर्मा, मञ्जु पौडेल, उज्जवल गिरी, तिलक बस्नेत, रितु थापा, निर्मला थापा लगायतका कालाकारहरुको प्रस्तुतति रहेने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D