gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मी महोत्सवमा उच्च राशिको पुरस्कार सहित नृत्य प्रतियोगित हुने, ५ दर्जन भन्दा बढी राष्ट्रिय कलाकार गुल्मी आउने

अनिल खत्री
३ चैत, गुल्मी । गुल्मी महोत्सवमा खुल्ला समुहगत नृत्य प्रतियोगित हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा आउदो चैत २० गतेदेखि ३० गते सम्म प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव एवं व्यापार मेला सञ्चालन हुँदैछ ।

मेलामा खुल्ला समुहगत नृत्य प्रतियोगिता हुने भएको महोत्सव मुल आयोजक साँस्कृतिक कार्यक्रम संयोजक महेश काउछाले बताए ।महोत्सवलाई थप आर्कषक र स्थानिय कलालाई उजागर गर्ने उदेश्यले विद्यालयस्तरिय खुल्ला समुहगत नृत्य प्रतियोगिता राखिएको काउछाले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार १ सय ११, द्धितिय हुनेलाई ३१ हजार १ सय ११, तृतिय हुनेलाई २१ हजार १ सय ११ रुपौयाँ पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सान्तवना हुनेलाई ११ हजार एक सय ११ र सहभागितलाई पनि प्रमाण पत्रको व्यवस्था गरिएको संयोजक काउछाले बताए । महोत्सवमा ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुदैछ ।

गुल्मी सदरमुकाम तम्घासमा महोत्सव सञ्चालन हुने महोत्सव हुने मिति नजिएसँगै मुल आयोजक समितिले तयारीलाई तिब्र पारेको महोत्सव मुल आयोजक समिति सहसंयोजक नवराज भुसालले बताए । महोत्सवमा कुल २ सय ३० स्टलहरु रहने भएका छन् ।

तम्घासको चिदिचौर खेल मैदानमा चल्ने महोसत्वमा कुल स्टल २ सय ३० मध्ये कृषिलाई उच्च प्रथामिकता दिएर राख्ने काम भइरहेको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए । स्टल बुकिङ्गका लागि चैत्र ५ गते सम्मको समय अबधी तोकिएको बुढाथोकीले बताए ।

महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको महोत्सव मुल आयोजक समिति अध्यक्ष युवराज न्यौपानेले न्यौपानेले बताए ।

महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा बिशेष प्रथामिकता दिइएको महोत्सव मुल आयोजक समिति सहसंयोजक नवराज भुसालले बताए ।

मुल आयोजक गुल्मी चेम्बर अफ कर्मश भएपनि सह– आयोजकमा होटल व्यवसायी मञ्च संघ, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी, गुल्मी रेसुङ्गा म्युजिक प्रलि रहेका छन् । भने सहयोगी संस्थाहरुमा रेसुङ्गा युवा क्लव, फोटिन स्टार युवा क्लव, रुरु फ्रेण्ड क्लव, अनटेस्ट युवा क्वल, गुल्मी यूनाइटेड युवा क्लव, पुल्चोक स्र्पोट क्लव, महेन्द्र माबि पूर्व बिद्यार्थी मञ्च गरि जिल्लाका १ दर्जनसहयोगी संस्थाहरु रहेका छन् ।

जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने बताए । महोत्सवबाट आम्दानी भएको रकम मध्ये सामाजिक क्षेत्रमा खर्चिने भएको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, अजुन, बिचित्र गुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका दर्जनौ पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको महासचिव कृष्ण भण्डारीले बताए ।

मेलामा झण्डै ५ दर्जन वढि नेपालका ख्याति प्राप्त राष्ट्रिय,हास्य व्यग्य कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D