gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मी महोत्सवको चौथो दिन सम्म १३ हजार टिकट विक्रि

हुमाकान्त पोखरेल
गुल्मी, २४ चैत्र । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा यहि चैत २० गतेदेखि संचालन भइरहेको प्रथम गुल्मी साँस्कृतिक तथा पर्यटन महोत्सवमा हालसम्म १३ हजारभन्दा बढी टिकट विक्रि भएका छन् । टिकट काउन्टर संयोजक तेजेन्द्र भलामीका अनुसार चार दिनमा त्यती टिकट विक्रि भएका हुन् ।

महोत्सवमा पहिलो दिन नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । त्यसपछिका दिनहरुमा शसुुल्क प्रवेशको व्यवस्था गराइएको हो । महोत्सवमा विद्यार्थी र एकल महिलाको लागि ४० प्रतिशत छुट गराइएको छ । अर्थात विद्यार्थी र एकल महिला आफ्नो परिचय खुल्ने पत्रको साथमा आए ५० रुपैँया पर्ने टिकट ३० रुपैँयामै उपलब्ध गराइने भलामीले जानकारी दिए । महोत्सवमा ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गलाई पनि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सवमा पहिलो चरणको नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ । कुल १८ समुह प्रतिस्पर्धामा रहेकोमा हालसम्म १२ वटा छनोट भएका छन् । सोमबारबाट दोस्रो चरणको प्रतियोगिता सुरु हुनेछ । दोस्रो चरणबाट ६ समुह तथा तेस्रो चरणबाट चार समुह छनोट गरिने साँस्कृतिक तथा नृत्य संयोजक सन्तु थापाले जानकारी दिए । तेस्रो चरणबाट छनोट भएका चार समुहमध्येबाट प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना छनोट गरिने छ ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना हुनेलाई क्रमश: ४१ हजार १११, ३१ हजार १११, २१ हजार १११ तथा ११ हजार १११ प्रदान गरिने साँस्कृतिक तथा नृत्य संयोजक थापाले जानकारी दिए । ‘गुल्मीको समृद्ध आधार, संस्कृति संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ प्रथम गुल्मी साँस्कृतिम महोत्सव संचालन भएको हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D