Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मी बिपतः जन्मदिनको खर्च पहिरो पीडितलाई, सहयोगका लागि सबैलाई आग्रह - Gulminews

गुल्मी बिपतः जन्मदिनको खर्च पहिरो पीडितलाई, सहयोगका लागि सबैलाई आग्रह

कौरव खत्री
गुल्मी ०९ साउन । हेलिकप्टर एसोसियसनका अफ नेपालका महासचिव योगराज शर्मा कँडेलले आफ्नो जन्मदिनको लागि आफूले छुट्याएको रकम बाढी पीडितलाई सहयोग गर्ने भएका छन् ।

गत सोमबार राती परेको अविरल वर्षा र त्यसले गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ मा पु¥याएको क्षतिमा प्रभावित पहिरो पिडित परिवारलाई सहयोग स्वरुप जन्मदिनको रकम जम्मा गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य समेत रहेका कंडेलले व्यक्तिगत रुपमा ५५ हजार सहयोग गर्ने निर्णय गरेका हुन् भने यस बिपत्तीमा सहयोग गर्नका लागि सहयोग अभियान मार्फत सबैलाई समेत आग्रह गरेका छन् ।

साथै शर्माले मानव सेवा नै जीवनको सवै भन्दा ठूलो धर्म हो भन्दै उनले अन्य सहयोगी मनहरुलाई समेत यस बिपतको अवस्थामा सहयोग गर्न आग्रह गर्दै सानीमा वैंक लि. खता नंं. ००१०००९३९०४१२ मा सक्दो सहयोग र्न समेत आग्रह गरेका छन् ।

उनको आग्रलाई देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको समेत उनले खुलाएका छन् । शर्माका अनुसार हालसम्म करिव २ लाख रकम संकलन भइसकेको र यो रकमले पहिरो प्रभावित क्षेत्रमा पुगेर मृतकका परिवार तथा प्रभावितहरुलाई त्यहाको अवस्था र स्थानिय निकायको समन्यवमा आवश्यक पहल गरिने बताए ।

पहिरोका कारण झण्डै ६ सय परिवार घरबार विहीन भएका छन् । उनीहरुलाई अस्लेवा, रामबारी, धर्मपुर माध्यामिक विद्यालय, ढुङ्गाचाल्ने, भानु प्राथमिक विद्यालय, धर्मपुर प्राथमिक विद्यालय र सरस्वती माध्यामिक विद्यालय लगायतका स्थानमा राखिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D