gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मी पुर्ख्यौली घर भएका बुढाथोकी ब्रिटिश सुटिङको राष्ट्रिय टोलीमा

लण्डन, सेप्टेम्बर ०३ । बेलायतको सुटिङ खेलको राष्ट्रिय टोलीमा गुल्मी पुर्ख्यौली घर भएका एक भूतपूर्व गोरखा सैनिक परेका छन् । ब्रिटिश सुटिङले मंगलबार सार्वजनिक गरेको ४२ सदस्सीय टोलीमा पूर्व गोरखा सैनिक विनोद बुढाथोकी पर्न सफल भएका छन् ।

टोलीमा रहेका बुढाथोकी पाराओलम्पिक तर्फ छनौटमा परेका हुन् । उनले अर्को वर्षको पारा ओलम्पिक तर्फका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा बेलायतको प्रतिनिधित्व गर्ने छन् ।

राष्ट्रिय टीममा समावेश भए पनि उनले टोकियो ओलम्पिक भने खेल्न पाउने टुंगो लागिनसकेको लण्डनबाट सन्चालन हुने नेपाली अन्लाईन वि नेपाली डट कमले जनाएको छ । हालसम्म तय भएको टीममा उनी समावेश छैनन् तर यसबीचमा उनले नतिजामा उत्कृष्ट सुधार ल्याउन सके त्यो सम्भावना टरिनसकेको पनि वि नेपालीले जनाएको छ ।

Source: Britishshooting.org.uk

आर्मिमा रहँदा सन् २०१० मा अफगानिस्तानमा खटिँदा विष्फोटक पदार्थमा टेकेका कारण दुवै खुट्टा गुमाएका उनी पछील्लो समय सुटिङमा आफुलाई अब्बल बनाउँदै आएका छन् । अहिले कोभिड १९ का कारण घरमै जुमबाट उनले तालिम लिइरहेका छन् । महिनामा तीन वटा तालिम शिविरमा उनले रहनुपर्ने हुन्छ । अहिले उनी दैनिक २ घण्टा तालिम गर्ने गर्छन् ।

पुख्र्यौली घर गुल्मी भार्से भएका बुढाथोकी बुटवलमा जन्मे । तीन दाजुभाइमा कान्छा बुढाथोकीले यसअघि पनि सुटिङका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हात पारिसकेका छन् । उनी हाल परिवारसहित बेलायतको मेडिस्टोनमा बसोबास गर्दै आएका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D