गुल्मी, पाल्पा सहित पश्चिम तिरको पुरानो भाकाको तीज गीत लिएर आए “पुर्खे बा” (हेर्नुस् भिडियो)

सन्जु काउछा
साउन १६ । चर्चित कलाकार पुरुषोत्तम भण्डारीको नयाँ तीज गीत सार्वजनिक भएको छ । पुरानो भाकालाई टपक्क टिपेर तिवारी आमा पनि भनेर चिनिने लक्ष्मी तिवारीसँग संयुक्त स्वरमा भण्डारीको तीज गीत “पानी मरुवा” सार्वजनिक भएको हो ।

तीजका नममा रत्यौली र छाडा गीतहरु आए भन्ने आरोप लागिरहेको बेला पुर्खे बा अर्थात पुरुषोत्तम भण्डारीको मौलीक तीज गीत सार्वजनिक भएको हो । बिहीवार भण्डारीको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको स्वरमा पुरुषोत्तम भण्डारी र लक्ष्मी तिवारीलाई गायक-गायिका सुकदेव अधिकारी र सपना गाहाले साथ दिएका छन् । गायक भण्डारीको आफ्नै शब्द र संगित रहेको गीतमा संगित संयोजन कृष्ण भान्जाले गरेका छन् । मालश्री स्टुडियोमा रेकर्ड भएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

पाल्पा, गुल्मी, स्याङ्जा लगायत पश्चिम नेपालमा एकदमै चलेको भाका पुरानो भाकामा तिज भाकामा गीत तयार पारीएको छ । तिजमा छोरी माईत आउने परम्परा रहेपनि यस पटकको तिजमा कुनै पनि छोरीहरु आउन नपाएको गुनासो र पिडा समेटीएको छ । रामु चापागाई निर्माता रहेको भिडियोको छायंकन बिजय पोखरेलले गरेका छन् । गायक भण्डारीकै निर्देशन रहेको भिडियो नबिन घरती मगरले सम्पादन गरेका हुन् ।

भिडियोमा गायक भण्डारी र गायिका तिवारीका अलावा यमलाल पाण्डे, अस्मी गौतम, भोजलाल पाण्डे र मधु पाण्डेको पनि अभिनय रहेको छ ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D