गुल्मी दरवार गाउँपालिकामा स्तनपान सप्ताह सुरु

टोपलाल अर्याल
गुल्मी, १६ साउन । गुल्मी दरबार गाउँपालिकाले स्तनपान सप्ताह सुरु गरेको छ । “आमाबुवाको सक्षमता स्तनपानको सफलता “भन्ने नाराका साथ सप्ताहब्यापी स्तनपान सप्ताह दरबार देबिस्थान स्वास्थ्य चौकीबाट शुभारम्भ गरिएको हो ।

गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गरे । थापाले कार्यक्रमलाई सम्बोधन गर्दै महिला र बालबालिकाहरुको स्वास्थका विषयमा आफुहरु गम्भीर भएर लागेको बताए । उनले गत बर्ष पनि थुप्रैपटक कार्यक्रम गरेको अवगत गराउदै यो बर्ष घरघरमा सेनिटरी प्याड कार्यक्रम, सुत्केरिको घरघरमा जाँच, गर्भबती सङ्ग गाउँपालिका कार्यक्रम, पुर्ण सस्थागत प्रसुती अभियान, स्वास्थ्य आमा समूह पुनर्जागरण जस्ता कार्यक्रम सन्चालन हुने बताए ।

वार्ड न ७ का वडा अध्यक्ष टोप बहादुर बस्नेतको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा संयोजक नारायण प्रसाद अर्यालले गरेका थिए । साथै कार्यक्रमको सहजिकरण गर्दै अर्यालले मानव जीवनमा स्तनपानको महत्त्वको बारेमा प्रकाश पारेका थिए । उनले बच्चाको लागि आमाको पहिलो पहेँलो दूध अमृत समान हुने भएकाले बच्चालाई जन्मेको एक घन्टा भित्र आमाको दूध अनिबार्य रुपमा चुसाउनुपर्ने, बच्चा ६ महिना नपुग्दा सम्म आमाको दूध बाहेक अरु कुनै कुरा खुवाउन नहुने, ६ महिना पुगेपछी पनि पुरक खानाको साथमा २ बर्ष नपुग्दा सम्म आमाको दूध खुवाइरहनु पर्ने, आमाको दूध बच्चाको लागि मात्र नभएर आमा, परिवार, समाज हुँदै राष्ट्रकै लागि महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, पत्रकार, महिला स्वास्थ्य स्वमसेबिका र सुनौलो हजार दिनका आमा र बच्चाहरु को उपस्थिती रहेको थियो । दरबार देबिस्थान स्वास्थ्य चौकीको अनमी सुमन पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन दरवार देविस्थान स्वास्थ्य चौकी प्रमुख जुनाकला बस्नेतले गरेकी थिइन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D