gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज गठन

बुटवल । गुल्मी चारपाला घर भई रुपन्देहीमा आई स्थाई वा अस्थाई बसोबास गर्दै आएका गुल्मेलीहरु संगठित भएका छन् । व्यापार व्यवसाय, अध्ययन-अध्यापन, रोजगारी वा अन्य बिभिन्न उद्देश्यहरुका साथ रुपन्देहीमा बस्दै आएका चारपालाबासिहरुलाई संगठित गर्ने उद्देश्यले गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज गठन गरीएको छ ।

समाज गठन कार्यक्रममा गुल्मी चारपाला घर भई रुपन्देहीलाई कर्म थलो गराउदैं आउनुभएका चारपाला बासीहरुको उल्लेखनिय उपस्थित रहेको थियो । उक्त कार्यक्रम जेष्ठ नागरिक छविलाल अर्यालको अध्यक्षतामा बसेको थियो जसबाट १३ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ ।

नव गठित कार्यसमितिको अध्यक्षमा हुमनाथ ज्ञवाली, उपाध्यक्षमा उषा खत्री, सचिवमा विकास टण्डन, कोषाध्यक्षमा टिका बहादुर महोत्रा र सदस्यहरुमा कमल टण्डन, कुलप्रशाद भुषाल र सुमित्रा टण्डन रहनु भएको छ । त्यस्तै ढवल वहादुर कार्कि, लक्ष्मण अर्याल, काजीमान टण्डन, पूर्णिमा कडेल, भिमशेन कार्कि, घनश्याम अर्याललाई पनि कार्यसमिति सदस्यमा सर्वसम्बत चयन गरिएको छ ।

सल्लाहकारहरुमा धनेन्द्र बहादुर कार्कि, हिरा अर्याल, हेमलाल भुषाल, गोकर्ण सिह थापा, गोविन्द अर्याल, लक्ष्मण अर्याल, धर्म विर खत्री, सावित्रा टण्डन, टिकाराम पन्थी, कर्ण बहादुर टण्डन र बल बाहादुर टण्डन चयन भएका छन ।

विकाश टण्डनको सन्चालनमा सम्पन्न कार्यक्रममा नव गठित कार्यसमितिलाई धनेन्द्र कार्कि, हेमलाल भुषाल लगाएतले शुभकामना दिनुभएको थियो ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D