गुल्मी कलाकार समाजको भेला काठमाडौंमा सम्पन्न, बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व

काठमाडौं, फागुन ५ । गुल्मी जिल्लामा स्थायी बसोबास गरी राजधानीलाई कर्मथलो बनाई देश विदेशमा कलाको माध्यमबाट देश र जिल्लाको नाम उचो राख्‍न सफल गुल्मेली कलाकारको संस्था गुल्मी कलाकार समाजको प्रथम अधिवेशन काठमाडौंमा सम्पन्‍न भएको छ ।

समाजसेवी भरतबहादुर चन्दको विशेष आतिथ्यतामा सम्पन्‍न अधिवेशनले चर्चित एवम् बरिष्ठ लोक गायक बमबहादुर कार्कीको अध्यक्षतामा गुल्मी कलाकार समाज गठन गरिएको छ ।

समाजको उपाध्यक्षमा विजु बज्र, मञ्जु पौडेल, रामचन्द्र चन्द, महासचिव श्रीप्रसाद थापा, सचिव कमल जिसी, कोषाध्यक्ष सन्तोष केसी र सह–कोषाध्यक्षमा गायत्री थापा रहेकी छन् । त्यसै गरी समाजको सदस्यहरुमा शिबा आले कार्की, बाबुराम पन्थी, सन्तोष लम्साल, महेन्द्र गौतम, पवित्रा सुर्तुङ्गे मगर, शान्ता परियार, अनु गुरुङ, प्रसाद खप्तडी मगर, विष्णुबहादुर थापा, तुलसिंह रनपछाई, नरेश खाती, महेन्द्र भण्डारी, तिलक बस्‍नेत रहेका छन् ।

बालाजुको बाइसधारामा सम्पन्‍न अधिवेशनमा वनभोजको समेत आयोजना गरिएको थियो । गुल्मी कलाकार समाजले स्थापना गरेको कलाकार अक्षय कोषका लागि गुल्मी दरबार गाउँपालिका, दुई नगरपालिका गुल्मीका अन्य गाउँपालिका र ग्रिनसिटी अस्पतालले सहयोग गरेको महासचिव श्रीप्रसाद थापाले जनाएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D