gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मी अस्पातलका डाक्टर उत्तम पच्यालाई “उत्कृष्ट डाक्टर” अवार्ड

गुल्मीन्युज डट कम
काठमाडौं, भदौ १८ । गुल्मी अस्पताल तम्घासका डाक्टर उत्तम पच्या “उत्कृष्ट डाक्टर” अवार्डबाट सम्मानित भएका छन् । स्वास्थ्य खबरपत्रिकाले नियमित रुपमा प्रदान गर्दै आइरहेको हेल्थ अवार्ड बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पच्यालाई प्रदान गरिएको हो । शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले अवार्ड प्रदान गरेका हुन् ।

गुल्मी अस्पतालको नेतृत्व गरिरहेका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पच्यालाई गुल्मी अस्पतालमा सहज र सुलभ सेवा प्रवाह गरे बापत अवार्ड दिईएको स्वास्थ्य खबर पत्रीकाले जनाएको छ । ” पच्याले गुल्मी अस्पताल, तम्घासमा आक्कलझुक्कल हुने सिजेरियन सेक्सन नियमित बनाइदिएका छन्”, पत्रीकाले भनेको छ, “त्यसबाहेक सानो घाउचोट लाग्दा वा एपेन्डिसाइटिस, हाइड्रोसिल जस्ता अप्रेसन गर्नुपर्दा छिमेकी जिल्लातिर कुद्नुपथ्र्यो तर अहिले यी सबै समस्याका लागि गुल्मीबासीको पहिलो गन्तव्य यही अस्पताल हुने गरेको छ ।” बाहिरका अस्पताल जानुपरेमा पनि उक्त अस्पतालका डा. पच्या लगायतसँग परामर्श लिने गरेको समेत जनाईएको छ ।

हाल अस्पतालको नेतृत्व गरिरहेका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पच्याले भइरहेको सेवामा नियमितता, आफूले गर्न सक्ने नयाँ सेवाको विस्तार र छिटोछरितो सेवाका लागि अस्पताललाई चिनाएका छन् । स्वास्थ्य खबरपत्रिका र नेपाल लाइभ डटकमको स्थापनाका अवसरमा अयोजित कार्यक्रममा विभिन्न ८ विधामा प्रदान गरिएको अवार्डबाट ९ जना सम्मानित भएका छन् ।

उत्कृष्ट अस्पतालको हेल्थ अवार्ड कटारी अस्पताल उदयपुर, उत्कृष्ट सामाजिक संस्था नेपाल नेत्रज्योति संघ, उत्कृष्ट जनस्वास्थ्यकर्मी कुलत विरोधी अभियन्ता वसन्तमान श्रेष्ठ र उत्कृष्ट पारामेडिक्सको अवार्ड बाग्लुङका राजनकुमार थापालाई प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट नर्स बाराको गञ्जभवानीपुर प्राथमिक स्वास्थ्य केन्द्रको नर्सिङ विभागको नेतृत्व गरिरहेकी निर्मला पण्डित, उत्कृष्ट स्वास्थ्य स्वयंसेविकामा डडेलधुराकी ६८ बर्षिया कलुदेवी खड्का, चिकित्सा शिक्षा अध्ययन संस्थ आइओएमका डा. भीष्म प्रसाईं र डा. हेमाङ्गमणि दीक्षितलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको पनि आयोजकले जनाएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D