gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मी अस्पताल लुम्विनी प्रदेशका उत्कृष्ट अस्पतालहरु मध्य दोस्रोमा

बुटवल, ३० कात्तिक । यसबर्ष गुल्मी अस्पताल लुम्बिनी प्रदेशको उत्कृष्ट अस्पतालहरुको सूचीमा दोस्रो स्थानमा परेको छ । बर्दिया अस्पताल सुचिमाको पहिलो स्थानमा छ भने रोल्पा अस्पताल तेस्रो ठहरिएको छ ।

गत २५ कात्तिकदेखि २७ कात्तिक सम्म चलेको स्वास्थ्यको प्रदेशस्तरीय बार्षिक समिक्षा गोष्ठीमा उत्कृष्ठ ठहरिएका ती अस्पतालहरुलाई सम्मान समेत गरिएको थियो । प्रतिस्पर्धामा लुम्विनी प्रदेशका १२ वटा जिल्लाका १३ वटा अस्पताल समावेश थिए ।

खासगरी न्युनतम सेवा मापदण्ड (एमएसएस) लागू भएको छ कि छैन ? कोभिड १९ को महामारीमा कसरी सेवा दिईयो ? बजेटको उपयोग कसरी गरियो ? बेरुजुको अवस्था कस्तो छ ? लगायतका विषय गरिएको मूल्यांकनबाट अस्पतालहरुलाई उत्कृष्ठ छनौट गरिएको हो ।

उत्कृष्ठ ठहरिएका अस्पतालका प्रमुखहरुलाई लुम्बिनीका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सम्मान गरेका थिए । बर्दिया अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. सुवाश पाण्डे, यस्तै गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्या र रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीलाई मन्त्री बरालले सम्मान गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D