gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीम क्यान महासंघको शाखा बिस्तार अध्यक्षमा खनाल

अनिल खत्री
१४ जेठ, गुल्मी । कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघ प्रदेश नम्ब ५ अन्तर्गत गुल्मीमा शाखा बिस्तार भएको छ । क्यानले सुचना, सञ्चार तथा प्रबिधि पहँुच र सेवा बिस्तार अभियान स्वरुप जिल्लाको सदरमुकाम तम्घासमा भेला गरि शाखा बिस्तार गरेको हो ।

भेलाले क्यान महासंघ गुल्मीमा कृष्ण खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा सुरेश थापा,सचिव बासुदेव ऐर,सहसचिवमा लक्ष्मण ज्ञवाली,कोषाध्यक्षमा प्रदिप पाण्डेय रहेका छन् ।

कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले बर्तमान युग सुचना सञ्चारसँग टढिएर अगाडी बढन नसक्ने बताए । उनले सबै जिल्लाहरुमा शाखा बिस्तारको काम तिब्र गतिमा चलिरहेको बताए ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष खनालले संघको बिधि अनुसार यस जिल्लामा संघलाई क्रियाशिल बनाउन आफु लागि परिरहने बताए । सुचना तथा सञ्चार,प्रबिधिको पहुँचमा क्यानले बिशेष भुमिका निर्वाह गर्ने खनालले बताए ।

भेलामा क्यान महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष ध्रुवराज शर्मा,सहसचिव भेषराज भट्टराई,महासंघ दाङ्ग अध्यक्ष भिमसेन गिरी,पाल्पा शाखा अध्यक्ष महेश शर्मा, रुपन्देशी शाखा अध्यक्ष नारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D