gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा ९५ प्रतिशत धान रोपाइँ

अनिल खत्री
१९ साउन, गुल्मी । गुल्मी जिल्लामा ९५ प्रतिशत रोपाइँ भएको छ । यसवर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको थियो । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा कृषकहरुको रोपाइँ ढिलो सुरु हुने गर्दथ्यो । केहि ठाउँमा छिटफुट बाहेक रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राबिधिक हरिप्रसाद आचार्यले जानकारी दिए ।

जिल्लामा जेठको अन्तिम साताबाट साउन महिनाभर रोपाइँ हुने गर्दछ । अघिल्लो वर्ष जिल्लामा ९२ प्रतिशत रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । केही खेतमा चैते धानसहित मकै बाली समेत लगाउने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।

धान उत्पादनको पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जेबेसी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका ठुला फाँटलाई चिनिन्छ । यसवर्ष कोरोना भाइरसको संक्रमणको सर्तकर्ता अपनाउन देसभर लकडाउन भइरहेकाले काम गर्ने जनसक्ती गाउँमै रहेकाले क्षेत्रफलसँगै धान उत्पादन वढने कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख घिमिरेले बताए ।

हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको पाइएको छ । जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । भने ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जस मध्ये ९ हजार ८ सय ७ क्षेत्रफलमा वर्खे धानि वालि रोपिदै आएको छ । भने ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिदै आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा सबैजसो ठाउमा सिचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।

गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाउनु र उत्पादन गरेर भन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछी खेतीयोग्य जमिन बाझो हुनेक्रम पनि वढ्दै जान थालेको थियो । तर यसवर्ष धेरै जसो बाझो जमिनमा खेती गर्न फेरि सुरु भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D