gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा ६ जनालाई मृगौला र स्तन क्यान्सरको उपचारको लागि सहयोगको आव्हान

सन्जु काउछा
फागुन २ । यो मृगौला फेल हुने रोग पनि अचम्मको छ । हिजो सम्म मान्छे शकुसल छ, जागिर गर्छ, घरको काम सामान्य रुपमै गर्छ । दैनिकी पनि सामान्य रुपमै चल्छ । तर बाहिर सबै सकुसल देखिएको मान्छेलाई अचानक थला पार्छ फेल भएको मृगौलाले । हामी नेपालीहरुलाई मृगौला फेल भएर अन्तिम अवस्थामा पुगेपछी मात्र बल्ल थाहा हुने हुनाले उपचार थप जटिल र खर्चिलो हुने गरेको पछील्लो ट्रेण्डले देखाउँछ । स्तन क्यान्सरको समस्या पनि उस्तै छ ।

अत्यन्तै खर्चिलो मानिएका यि रोगका उपचार मध्यम स्तरको नेपालीको आम्दानीले भ्याउँदैन । शुरुमा त आफ्नो जाय जेथा, भएको श्रीसम्पत्ती बेचेर सबैले दबाई पानी गर्छन्, तर २०-५० हजार हैन, १-२ लाख हैन, ५-७ लाख हैन मृगौला प्रत्यारोपण र डायलसिसमा २० औँ लाख दुबै मृगौला फेल भएका बिरामीहरुको उपचारमा खर्छ हुन्छ । फेरी सरकारी अनुदानको बारेमा अनभिज्ञता र झन्झटिलो कागजी प्रकृयाले पनी यसको उपचारलाई थप खर्चिलो बनाएको छ ।

यतिबेला गुल्मीका ५ जना मृगौला पीडित र एक स्तन क्यान्सर पीडितले थप उपचारको लागि सहयोगको याचना गरिरहेका छन्, आउनुस् उनिहरुको बारेमा जानौँ र सहयोग पनि गरौँ । तपाईं हाम्रो सानो सहयोगले कसैले नयाँ जीवन पाउन सक्छ ।
gulmi help
भक्त बहादुर राना (बर्ष १८), चन्द्रकोट गाउँपालिका
गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुर उपल्लो रेमी निवासी देउ प्रसाद रानाको परिवारमा परेको छ । भर्खर १८ बर्ष को कलिलो उमेरमै देउ प्रसादका छोरा भक्त बहादुर रानाका दुबै मृगौलाले काम गर्न छोडेका हुन् । आशा भन्ने चिज पनि अचम्मकै हुन्छ, कस्लाई हुँदैन बाँच्ने-रमाउने आशा? रानाको पनि त्यही आशा हो । धापाखेल ललितपुरमा रहेको सुमेरु हस्पिटलमा उपचार गराईरहेका रानाको त्यही आशामा तपाईं-हाम्रो सानो सानो सहयोग पुग्ने हो उनले अवश्य नयाँ जीवन पाउनेछन्

पारिवारिकै सदस्यले मृगौला दिन चहान्छन् रानालाई तर अत्यन्तै कम्जोर आर्थिक स्थितीले गर्दा मृगौला प्रत्यारोपण गर्न लाग्ने खर्च राना परिवारसँग छैन । त्यसैले उनले सम्पूर्ण नेपालीहरुसँग सहयोगको याचना गरेका छन् । तपाईँ हाम्रो सानो सहयोगले रानाले नयाँ जीवन पाउन सक्छन्, त्यसैले यदी हजुर पनि रानालाई सहयोग गर्न चहानुहुन्छ भने तल उल्लेखित खाता नम्बरहरु सहयोग रकम डिपोजिट गरेर वा फोन नम्बरहरुमा संपर्क गर्न सक्नुहुनेछ:

खाता नम्बर:
04810700986765000001
Bhakta bahadur rana
Prabhu Bank Satdobato Branch

शारदा घिमिरे (३५ बर्ष, मुसिकोट नगरपालिका)
गुल्मीका वरिष्ठ श्रमजिवी पत्रकार जनादर्न घिमिरेकी धर्मपत्नी ३५ वर्षिया शारदा घिमिरेलाई स्तन क्यानसर भएको छ । महँङ्गो उपचार खर्च लाग्ने उक्त रोग निको पार्न १५ देखि २० लाख रुपैँया सम्म चाहिने बताईएको छ । काठमाण्डौको टिचिङ अस्पताल र अल्का अस्पताल पछि घिमिरेलाई थप अप्रेशनसका लागि भारतको राजिव गान्धी अस्पतालमा पनि पुर्याईयो । घिमिरेलाई यति वेला ललितपुरको हरिशिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको छ ।

भर्खर मात्रै घर बनाएका पत्रकार घिमिरेलाई गम्भीर आर्थिक संकट परेको छ उनको उपचार्थ देश विदेशमा रहेका नेपाली दाजु भाई दिदी वहिनी, संघ संस्था र प्रवासी संगठनसंग सहयोगको अपिल गरेका छन् ।

दुई दशक अघि देखि गुल्मी जिल्लाको पत्रकारितामा महत्वपुर्ण भुमिका निभाउँदै क्रियाशिल रहेका पत्रकार घिमिरे गुल्मी मुसिकोटको सामन्य परिवारमा जन्मीएका व्यक्ति हुन् । पत्रकारितामा लामो संघर्ष पछि गत वर्ष मात्रै तम्घासमा घर बनाएर बसी रहेको बेला एक्कासी पत्नीलाई यति ठुलो विमार लागे पछि उनि स्तव्ध बनेका छन् । घम्भीर आर्थिक संकटमा परेका घिमिरेलाई यति वेला सवैको सहयोगको जरुरी भएको छ । सहयोग गर्न चाहनु हुने महानुभावले तल उल्लेखित खाता नंबरमा सहयोग जम्मा गर्न सक्नुहुनेछ:

जनार्दन घिमिरे
खाता नम्वर: ३०१००२००२२१०
राष्ट्रिय वाणिज्य बैक गुल्मी शाखा
फोन: ९८५७०२८४९५

टेक राज खनाल (बर्ष २०), रेसुंगा नगरपालिका
गुल्मी रेसुुङ्गा नगरपालिका वार्ड नं. ४ स्थाइ घर भएका मित्रप्रसाद खनाल तथा मिना खनालका एकमात्र छोरा बर्ष २० का टेकराज खनालका दुबै मृगौलाले कामगर्न छाडेपछि उनि यतिबेला शिक्षण अस्पतालको बेडमा छटपटाईरहेका छन् ।

बिगत दुई महिना देखी उनी निरन्तर उपचारमा छन् । पीडितकी आमा मिना खनालले आफ्नो मृगौला छोराको जीवन रक्षाको लागी दिनलागेको बताइन ।उनि मृगौला दिन तयार भएपछी उनको मृगौलासम्बन्धि स्वास्थ्य परिक्षण गर्दा दिन मिल्ने देखिएको छ ।तर सो को लागी नेपाल सरकारले दिने भनिएको अनुदान रकम प्रयाप्त नहुने भएकाले थप १२ लाख जति रुपैयाको जोहो गर्न अस्पतालले बताएको मित्रप्रसादले बताए ।

यस अघि उनले लगभग ८ लाख रुपैया खर्च भैसकेको बताएका छन् । उनले आर्थिक सहायतका लागी गुल्मीन्युज मार्फत अपिल गरिदिन आग्रह गरेका छन् । उनलाइ सहयोग गर्न चाहनुहुने महानुभावहरुले पिडीत स्वयंको नेपालमा रहेको निम्न बैंक, नाम तथा खाता नं. मा सहयोग गर्नुहुन अनुरोध छ ।
टेकराज खनाल
प्रभु बैंक
खाता नं. ०४२०१०००९८६१७१०००००१

राजेन्द्र के.सी (बर्ष ३०), मुसिकोट नगरपालिका
मुसीकोट नगरपालिका वार्ड न ८ मालारानी लिपिलिंग निवासी चन्द्र वहादुर के.सी का छोरा वर्ष ३० को राजेन्द्र के.सी. को दुवै मृगौला ले काम गर्न छोडेपछी हाल काठमांडौ स्थित टिचिंग अस्पातलमा उपचार गराईरहेका छन् । मृगौला प्रत्यारोपण गर्नको लागी करिव २० लाखको हाराहारीमा ख़र्च लाग्ने अस्पताले जानकारी दिएको छ । राजेन्द्र के.सी. को जीवन रक्षाको लागी उहाको परिवारले सवैसंग सहयोग को लागी अनुरोध गर्नुभएको छ । यदी हजुर पनि के.सीलाई सहयोग गर्न चहानुहुन्छ भने तल उल्लेखित बैंक खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ:
नेत्र बहादुर के.सी (नागरिकताको नाम)
खाता नम्बर: १००७०१०००८१२
ग्लोबल आइ एमइ बैंक

राजु न्यौपाने (बर्ष ३५), मुसिकोट नगरपालिका
सात बर्ष अघि मृगौला प्रत्यारोपण गरेका गुल्मी वामीका एक युवा फेरी मृगौला फेल भएपछि चरम आर्थिक अभावको समस्यामा परेका छन ।गुल्मी मुसिकोट नगरपालिका ८ अर्जेका राजु न्यौपानेलाइ यस्तो बिपत्ती आइलागेको हो । सात बर्ष अघि १५ लाख खर्चेर मृगौला प्रत्यारोपण गरेको भएपनि फेरी त्यही मृगौला फेल भएपछि उनलाइ अब आफ्नो प्राण धान्न पनि समस्या भएको छ ।

त्यसैलै तपाइ हामी सबैको सानो सहयोगले पनि न्यौपाने जीवन बाँच्ने चाहाना पुरा हुन सक्छ । त्यसैले आफुले सक्दो सहयोग गर्न हामी सबैमा आग्रह गर्दछौ । आउनुहोस जीवन सँग जोडिएको यो अभियानमा साथ दिऔँ । सहयोगी मनहरुले निम्न माध्यमबाट निम्न बैंकमा सहयोग गर्न सक्नुहुनेछ ।

भारतको लागि SBI Bank
Raju Sharma
Account no. 37359194073
IFSC code = SBIN 0016679 MICR = 124002018
Mobile no. +91-7206755615 +91-9034351119

Nepal को लागि Monika Neupane
NMB Bank
Account no. = 0432150028891000001
Mobile no. 9807447844

बसन्त कुँवर (३५ बर्ष), मदाने गाउँपालिका
गुल्मीकाे मदाने गाउँपालीका वडा नं. ४ स्थित पुर्काेट म्यालपाेखरीका एक युवाले सहयाेगकाे याचना गरेका छन्। पुर्काेट म्यालपाेखरी काभ्राका ३५ वर्षिय बसन्त कुव‌‌रका दुबै मृगाैलाले काम गर्न छाडेपछि राजधानी काठमा‌ंडाै स्थित त्रि.वि शिक्षण अस्पत्ताल नेप्राे वार्डकाे बेड नं. ३०९ “सी” मा उपचाररत कुवंरकाे अत्यन्तै दयनिय अार्थिक अवस्था भएकाे र उपचारकाे लागी रकम अभाव भएकाेले उनले सहयाेगका लागी अपिल गर‍ेका हुन् । कुँव‌रका दुइ छाेरा छाेरी र एक श्रीमती छन्।

अाम्दानीकाे अन्य श्राेत नभएकाे अवस्था र काठमांडाैमा महंगाेमा उपचार गर्नु पर्ने भएकाेले विभिन्न व्यासायिक संस्था, कार्यालय तथा क्लव सँग सहयाेगकाे अपेक्षा गरेकाे कुरा कुवंरका छिमेकी गाेविन्द कुवंरले बताउनु भयाे। यसै गरी स्थानिय स्तरमा सक्रिय श्री जनप्रिय युवा क्लव पुर्काेट दहले पनि बसन्त कुवंर बचाउ अभियान चलाएकाे र उक्त अभियान बाट संकलन भएकाे रकम कुवंरकाे उपचारका लागी खर्चिने क्लवका सचिव दिपक जि.सी.ले बताउनु भएकाे छ ।

सहयाेग गर्न चाहने व्याक्ती या संघ संस्थाले क्लवकाे तल उल्लेखित खातामा सहयोग रकम जम्मा गरिदिनुहुन अनुरोध छ:
जनप्रिय युवा क्लव
खाता नं.७००१०१००००१९९
ग्लाेबल अाइ.एम.इ बै‌ंक, शाखा कार्यालय तम्घास

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D