gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा ३ जनाको ह* त्या गर्ने अभियुक्त प क्राउ गर्ने डिएसपी घले सम्मानित

अनिल खत्री
६ मंसिर, गुल्मी । गुल्मीको चन्द्रकोटमा ३ जनाको ह* त्यारालाई प क्राउ गर्ने गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घले सम्मानित भएका छन् । प्रहरी नायव उपरिक्षक घलेलाई ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै कदर पत्रले सम्मानित गरेको हो ।

कार्तिक १६ गते शनिवार ३ जनाको ह* त्यागरि फरार रहेका ह त्यारालाई प क्राउ गर्न डिएसपी घलेको मुख्य भूमिका रहेको थियो । सम्मान गरिएको कदरपत्रमा नेपाल प्रहरीको नीति निर्देशन अनुरूप आफूलाई दिइएको जिम्मेवारी पूर्णरूपमा लगनशील तथा कर्तव्यनिष्ठ भई पुरा गरेको उल्लेख गरिएको छ । संगठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरीकहरुलाई सुरक्षाको अनुभुति हुने गरी समाजमा शान्ति सुरक्षा कायम गरी संगठनको उदेश्य प्राप्त गर्ने कार्यमा लागि परेको उल्लेख गरिएको छ । आफू र मातहतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारीरुपमा परिचालन गर्दै आम नागरिक माझ प्रहरी संगठनको छवि उच्च गराउने कार्य गरेको हुँदा जिल्ला प्रहरी कार्यालय गुल्मी दरबन्दीका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेलाई कदर स्वरूप २०७६ साल “कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरीएको उल्लेख छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै २० पहिले बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबको पहिचाहनसँगै ह त्यारा सार्बजनिक गरेका थिए । ह* त्यामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षिय पूर्ण बहादुर सुनार र १९ वर्षिय माधव सुनारलाई सर्बाजनिक गरेको छ । अन्य एकजना फरार छन् ।

ह* त्या हुनेहरुमा मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षिय सरिता भन्ने शिबमाया लिम्बु र उनका ७ वर्षिया जुमल्याहा छोरी जंगा र जमुना रहेका थिए । दुई बालिकाको निर्ममतापूर्वक ह* त्या गरिएको घटनाका अभि युक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अबस्थामा पक्रा उ गरेको थियो । सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी घले सहितको संयुक्त टोलीले पक्रा उ गरेको हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D