gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना संक्रमण

गुल्मी, भदौ २० । गुल्मीमा स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २१ देखि ७३ वर्षको रहेको थाहा खबर डट कमले खबर छापेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीदरबार गाउँपालिका–४ का एक मेडिकल सञ्चालकसहित तीन जना र रेसुंगा नगरपालिका–१० सिमीचौर स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

मेडिकल सञ्चालकलाई संक्रमण देखिएपछि गुल्मीदरवार–४ को बिरवासलाई सिल अनिश्चितकालका लागि सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए। संक्रमितको सम्पर्कमा आएकाहरुको विवरण संकलन गर्ने कार्य भइरहेको पाण्डेले बताए ।

तम्घासको आइसोलेसनमा कार्यरत सिमीचौर स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी एक महिलामा संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा आएकाहरुको पनि विवरण संकलनको कार्य भइरहेको छ। उनीहरुको विवरण संकलनपछि भोलि नै स्वाब संकलन गरी परीक्षणका लागि पठाइने रेसुंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए।

थपिएका चारजनासँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ। जसमध्ये ३७६ जना निको भइसकेका छन्। संक्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ।

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D