gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा सडकमै चालकसँग सचेतना कक्षा दिँदै ट्राफिक प्रहरी

अनिल खत्री
गुल्मी, ६ पुस । गुल्मी ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक फरक तरिकाबाट सचेतना अपनाएको छ । ‘ट्राफिक नियम जानौ र मानौ, आफुपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ ट्राफिक प्रहरीले गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न अधिकतम प्रयास थालनी गरेको छ ।

जिल्लाका बिभिन्न स्थानमा ट्राफिक प्रहरीले सवारी चेक जाँचसँगै सडक प्रशिक्षण गर्दै आएको हो । ट्राफिक प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–७ को नेटा स्थित तम्घास–अर्घाखाँची सडकमा सञ्चालन हुने साना, ठुला सवारी साधनका चालक, सहचालक र यात्रुहरुलाई दुर्घटना न्यूनिकरण सम्बन्धी प्रर्शिक्षण गरेको जिल्ला ट्राफिक कार्याल्य गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेयले बताए ।

ट्राफिक प्रहरीले सडकमै चालक,सहचालक, यात्रुहरु र स्थानियलाई समेत राखेर दुर्घटना न्यूनिकरण गर्न जिम्मेवार नागरिक बनाउने उदेश्यले कार्यक्रम गर्दै आएको छ । सडक सचेतना कक्षमा जिल्ला ट्राफि कार्यालयबाट खटिएका प्रमुख पाण्डेय सहित ट्राफिक जनावनहरुले दुर्घटना न्युनिकरणको लागी सवारी साधनको अवस्था, क्षमता भन्दा बढी यात्रु वा सामान लोड, तिव्र गती, मादक पदार्थ सेवन, सितलहर, बाक्लो हुस्सु (मौसमको कारण) को कारण हुने सवारी दुर्घटना सम्बन्धि प्रशिक्षण दिइएको पाण्डेयले बताए ।

एकछिनलाई ट्राफिक प्रहरीको आँखा छलेर नियम बिपरित सवारी चलाएर दुर्घटना गराए कानुनले नछोडने हुँदा जिम्मेवार बन्न र कानुनी अबस्था बारेमा पनि जानकारी गराइएको थियो । दुर्घटना न्युनिकरणको लागी ट्राफिक नियम सम्बन्धि जानकारीमूलक सन्देशहरु लेखिएका पर्चा,पम्पलेट वितरण र स्टिकर टाँस्ने काम पनि गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D