gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा सकृय संक्रमितको संख्या ९ सय माथी, ज्यान गुमाउनेको संख्या ४६ पुग्यो

गुल्मी, जेठ २ । गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले आईतवार दिउँसो जारी गरेको बिवरण अनुसार पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछील्लो २४ घण्टामा पिसिआर परिक्षणबाट ५६ जना र एण्टिजेन परिक्षण बाट २ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल जिल्लामा पिसिआर र एण्टिजेन गरी २ हजार ४८ जनाको परिक्षण गरिएको छ । दोश्रो लहरमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये अहिले सम्म २०६ जनाले कोरोना जितेका छन् । अहिले संक्रिय संक्रमितको संख्या ९३४ रहेको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

गुल्मीमा अहिले ८८४ जना होम आईसोलेशनमा रहेका छन् भने ४ जनाको आईसीयुमा उपचार भईरहेको छ । त्यस्तै ४५ जनाको आईसोलेशनमा राखेर उपचार गरिरहेको छ ।

संक्रमण जोखिमलाई मध्यनजर गरी जिल्लाका विभिन्न स्थानमा १७१ बेड क्षमताको आइसोलेशन बेड तयार गरि सञ्चालनमा रहेका छन् । यस जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप २२ हजार ५ सय ७८ जनाले लगाएका छन् । पहिलो र दोश्रो मात्राको खोप ४ हजार २६ जनाले लगाएको जनाईएको छ भने जिल्लामा अहिले उपलब्ध अक्सिजन सिलिण्डरको संख्या २२३ रहेको छ ।

नयाँ भेरिन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ ४ गतेसम्म लकडाउन गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D