gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा व्यवसायिक रुपमा भैँसी पालन तर्फ आकर्षण बढ्दै

अनिल खत्री
१८ साउन, गुल्मी । गुल्मीमा व्यवसायिक रुपमै भँैसी पालन तर्फ आकर्षण बढ्न थालेको छ । भैँसीको दूधको मुल्य र माग बढी हुनेभएपछि यसतर्फ आकर्षण बढ्दै जान थालेको हो ।

वैदेशिक रोजगारीमा युवाको आर्कषण बढिरहेको समयमा गुल्मी उर्लेनीमा गाउँमै भैँसी पालन गरेर मनग्य आम्दानी गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१२ का नेत्रबहादुर बस्नेतले व्यवसायिक रुपमै भैँसी पालेरै स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भनेर कम्मर कसेर लागि परेका छन् ।
रोजगारीको शिलसिलामा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर गुल्मीमा केही यस्ता व्यवसायी छन् जसले भैँसी पालेरै स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भनेर उदारणिय पात्र बनेका छन् ।

सुरुमा बोइलर कुखुरा पालनबाट सुरु गरेका बस्नेतले अहिले १२ वटा दुध दिने भैँसी र ४ वटा गाई पालन गर्दै आएका छन् । गत वर्षबाट सुरु गरेको दुग्ध व्यवसाय भैँसीपालनबाट मासिक ६० देखि ७० हजार भन्दा वढि आम्दानी आम्दानी हुन थालेको छ । भैँसी पालनबाट घरखर्च गर्न समस्या नपरेको उहाँको भनाई छ । एउटा भैसीले कम्तिमा पाँच लिटर भन्दा वढि दूध दिन्छन् । बस्नतेको फममा हाल भैँसी र गाईको दुध गरेर दैनिक ८० लिटर दुध उत्पादन हुन्छ । उत्पादित दूध तम्घास बजार लगेर आफैले बेच्ने गरेको उहाँको भनाई छ ।

भैँसीको दुधको प्रति लिटर ९० रुपैयाँ पर्दछ भने माग पनि बजारमा धेरै छ । थोरै लगानीबाट व्यवसायिक भैँसीपालन शुरु गरेका नेत्रबहादुर बस्नेतले व्यवसायलाई व्यवस्थित गरेरै अगाडी बढाउने सोच रहेको बताए । बस्नेतको भैँसी पालनमा अहिले ६ जनाले रोजगारि समेत पाइरहेका छन् । कृषि तथा पशुपालन व्यवसायिक कृषकलाई सरकारले बिभिन्न सहुलियत तथा अनुदानका कार्यक्रमहरु ल्याएपनि आफुले नपाएको व्यावसायि बस्नेतको भनाई छ ।

टाठा बाठाले अनुदानका कार्यक्रमहरु पाएपनि आफुले भने केहिपनि नपाएको बस्नेतले बताए । पछिल्लो समय गाई पालन तर्फ धेरै आकर्षित भएपनि व्यवसायिक रुपमा भैँसी पालन तर्फ आकर्षण थिएन् । तर बजारमा गाईको दूध भन्दा भैँसीको दूधको माग बढि हुनथालेपछि भँैसीपालन पेशा तर्फ आकर्षण बढन थालेको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D