गुल्मी, असार २५ । गुल्मीको रुरु क्षेत्र गाउँपालीका वडा नम्बर ३ थानपतिको डडाहर चौरमा टिमुरको बिरुवा रोप्न सुरु गरिएको छ ।
व्यवसायिक टिमुर खेतीको लागि ५ सय वटा टिमुरको बिरुवा रोपिएको हो ।
सार्वजनिक चौर र खाली जग्गामा टिमुर खेती बिस्तार गर्ने योजना अनुरुप प्रदेश नम्बर ५ का सांसद एवं बिषेषाधिकार समितीका सभापती कमलराज श्रेष्ठको उपस्थितिमा बिरुवा रोपिएको थियो ।

जिल्ला बन कार्यलयको २५ हजार रुपैयाको सहयोग एबं रुरु क्षेत्र गाउँपालीका वडा नम्बर ३ थानापती वडा कार्यलयको प्राविधिक सहयोगमा बिरुवा रोपिएको सो वडाका वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए ।