gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा युवाहरु सामुहिक कृषि खेतीमा: २६ सय कागतीका बिरुवा रोपियो, छिट्टै पशुपालनमा पनि लाग्ने

पुरन राजकोटी मगर
गुल्मी, भदौ ०२ । कालिगन्डकी गाउँपालिकाका युवाहरु सामुहिक कृषि खेती तर्फ अग्रसर देखिएका छन् । गाउँपालिकाकामौ पहिलोपटक करिब ५० रोपनीमा २६ सय कागतीका बोट रोपेरझन्डै ६० युवाहरूले सामुहिक कृषि खेती अवलम्बन गरेका हुन् ।

उनिहरुले बर्षौ देखी बाँझो रहेकोे जमिनमा सामुहिक सरसफाइ पछी कागती खेती गरेका हुन् । प्रदेश सरकार प्रदेश नं ५ को मुख्यमन्त्री ग्रामीण युवा स्वरोजगार अन्तर्गत आर्थिक बर्ष २०७६-७७ मा बिनियोजित बजेट अन्तर्गत कालिगण्डकि गाउँपालिका वडा नं ३ जयखानी साविकको ३, ४ र ५ मा सामुहिक कागती खेती गरिएको हो ।

रकम थोरै र युवा लक्षित भएकोले यो बजेट निकै बिबादास्पद बन्यो र फ्रिज हुने अवस्थामा पुगेपछि अन्तिम समयमा कालिगण्डकि गाउँपालिका का अध्यक्ष बेद मगरले सामुहिक कृषि खेतिमा कागती लगाउने जोड दिएपछि मात्र यो कार्यक्रम अगाडि बढेको हो । अहिले कालिगण्डकी गाउँपालिका ३ जयखानी साबिकको ३ र ४ मा ११०० सय बढी कागती रोपिएको छ भने सबैभन्दा बढी सामुहिक रूपमा १००० कागती साबिकको ५ जयखानि छापमा रोपिएको छ ।
साविकको ५ नम्बर वडाका युवाहरूले शिद्धबाबा कृषि तथा पशुपालन समुह गठन गरेर सामुहिक कृषि थालेका हुन् । उनिहरुले आफ्नो क्लबको नामबाटै कृषि समुहको नामाकरण गरेका हुन् । समुहमा सहभागेए युवाहरूले प्रत्यक दिन ७ घण्टामा सम्म श्रम गरेको र एक जनाले १५ वटा खाल्डा खनेका छन् ।खाल्डो १ मिटर गहिराइ र एक मिटर गोलाइ रहेको छ ।

सामुहिक कागती मात्र होइन कृषिमा आत्मनिर्भर बन्ने अभिप्रायका साथ आगामी दिनहरुमा उक्त जमिनमा कृषि तर्फ अदुवा, बेसार, अलैंची र किवि लगायतका बिरुवा पनि रोपिने समुहका प्रमुख गंगा काउचाले बताए । त्यस्तै पशुपालन तर्फ बाख्रा, बंगुर र कुखुरा पालन गर्ने पनि काउचाले गुल्मीन्युजलाई बताएका छन् ।

कागती खेतीको लागि साबिकको जयखानी ५ मा काउचा परिवार ४ जना र दर्लामी परिवारमा ४ जनाले नि:शुल्क जग्गा उपलब्ध गराएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D