gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा युटुब पत्रकारितामा सकृय बस्नेतलाई राष्ट्रपतीबाट जनसेवा श्री पदक

सन्जु काउछा
असौज ३ । गुल्मीमा युटुब पत्रकारितामा सकृय एक संचारकर्मी राष्ट्रिय मानपदवीबाट विभुषित हुने भएका छन् । सविंधान दिवसको अवसरमा राष्ट्रपती विद्यादेवी भण्डारीद्धारा प्रदान गरिन लागिएको जनसेवा श्री (पञ्चम) बाट बस्नेत सम्मानित हुने भएका हुन् ।

युटुब पत्रकारिताको माध्यमबाट समाजसेवामा समेत तल्लिन हुँदै आएका गुल्मीका सञ्चारकर्मी मोहन बस्नेतलाई संविधान दिवसको अवसर पारेर सम्मान गर्न लागिएको राष्ट्रपतीको कार्यलयले जनाएको छ ।

केही समय अगाडी सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आएर राष्ट्रिय चर्चाको विषय बनेका गुल्मीका पत्रकार बस्नेतले आफु जनसेवा श्री जस्तो राष्ट्रिय मानपदवीको लागि सिफारिशमा पर्दा अत्यन्तै खुशी लागेको बताउँछन् । “सुरुमा त पत्यार नै लागेन”, उनले गुल्मीन्युजसँग भने, “खुशी सँगसँगै थप जिम्मेवारी थपिए जस्तो लागेको छ ।” राष्ट्रपतीबाट प्रदान गरिने उक्त मानपदवीले आफु जस्ता थुप्रै संचारकर्मीहरुलाई थप उर्जा प्रदान गर्ने पनि उनले बताए ।

पत्रकारिता मार्फत गाउँगाउँमा लुकेर रहेका कृषी उद्यमशिलताको रिपोर्टिङ गरेको भन्दै बस्नेतलाई केही समय अगाडी प्रधानमन्त्री ओलीले आफै फोन गरेर बधाई एवं धन्यवाद दिएका थिए ।

बस्नेतसँगै गुल्मीका कृषक दिलिप भण्डारीलाई पनि जनसेवा श्री (पञ्चम) मनपदवीको लागि सिफारिश भएका छन् । त्यस्तै गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा र रुरुका समाजसेवी चक्रपाणी शर्मा पनि जनसेवा श्री (चतुर्थ) को लागि सिफारिश भएका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D