gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा भ्रष्टाचारको विरुद्धमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अनिल खत्री
२८ बैशाख, गुल्मी । गुल्मीमा माबि स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा भ्रष्टचार बिरुद्धको नागरिक निगरानी संस्थाको आयोजनामा भ्रष्टचार बिरुद्धको अभियानमा नागरिकको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा रेसुङ्गा नगरपालिका भित्रका १० वटा बिद्यालय सहभागीता रहेको थियो । प्रतियोगि मध्ये महेन्द्र नमुना मा.वि.की सोनिया श्रेष्ठ प्रथम, उपल्लो तम्घास मा.वि.का चुरामणि पाण्डे द्वितीय र गण्डकी इङ्लिस बोर्डिङ स्कुलका सुदर्शन अर्याल तृतीय भएका छन् ।

प्रतियोगिलाई पुरस्कारको व्यवस्था गरिएको थियो । सिद्धबाबा माध्यमिक बिद्यालयमा सम्पन्न कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, प्रहरी उपरीक्षक दीपककुमार बस्नेत लगायत संस्थाका पदाधिकारी र सदस्य, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रजिअ पौडेलले भ्रष्टाचार विरुद्ध लड्न सबै नागरिक एकजुट हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रमका भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष पदमप्रसाद पाण्डेले भ्रष्टाचार विरुद्धको लडाइ सुरु भएको उद्घोष गर्दै कार्यक्रम सञ्चालनको श्रोत र खर्च रकमको विवरण पेश गर्दै अन्य संघ संस्थाहरुलाई पनि हरेक कार्यक्रमको आम्दानी र खर्चको विवरण पारदर्शी बनाउन आग्रह गरे ।

केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनीतिक योजना अनुसार भ्रष्टाचार विरुद्ध आम नागरिकसँग सहकार्य गर्ने उद्देश्यले यस जिल्लामा पनि भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गठन भएको थियो । कार्यक्रममा संस्थाका उपाध्य भगवती श्रीसको स्वागत संस्थाका सचिव रामचन्द्र पन्थीको सञ्चालन रहेको थियो ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D