gulminews logo
बुधबार, २०८१ बैशाख ५

गुल्मीमा ब्यवसायिक बाख्रा फर्ममा आगलागी हुँदा २५ वटा बाख्रा जलेर नष्ट

अनिल खत्री
गुल्मी, २५ पुस । गुल्मीमा बाख्रा फर्ममा आगलागी हुँदा पशु चौपायाँ जलेर नष्ट भएका छन् । आगलागीमा परेर बाख्रा फर्म सञ्चालक घाइते भएका छन् ।

जिल्लाको गुल्मी चन्द्रकोट गाँउपालिका वडानम्बर–३ हर्राचौरमा बिरेन्द्र शाहले संचालन गरेको थ्रि बाख्रा फर्ममा आगलागी हुँदा २५ वटा बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जाली, जस्ता र काठले बनेको बाख्राको खोरमा राती अचानक आगलागी हुँदा २५ वटा वाख्रा मध्ये १७ वटा माउ बाख्रा र ८ ओटा साना ठुला बोका आगलागीमा परेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर बाख्रा फारमका संचालक २४ वर्षका बिरेन्द्र शाह घाइते भएका छन् । उनको गालामा र हात जली मेडिकल कलेज भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अबस्था सामान्य रहेको छ ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव निरिक्षक मनबहादुर आलेको कमाण्डमा टोली खटाइएको प्रहरीले जनाएको छ । आगलागीबाट बाख्रा फर्म र बाख्राको अन्दाजी मुल्य ३१ लाख ७५ हजार बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D