gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा बैंकमा राखिदिन्छु भन्दै गाउँलेको ८० लाख लिएर फरार

सन्तोष महतारा
गुल्मी, ०५ फागुन । गुल्मीमा बैंकको नाममा ठगी भएको छ । बैँकमा राखिदिन्छु भन्दै बिगत २ बर्षदेखी निरन्तर गाउँलेसँगबाट लिएको ८० लाख रकम लिएर एक जना फरार भएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ मा मेघा बैंक लिमिटेड तम्घासको शाखा भन्दै गाउँलेसँगबाट ८० लाख लिएर स्थानीय हरि नारायण लम्साल फरार भएका हुन् ।

लम्सालले घमिरमा मेगा बैंकको शाखा भन्दै बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएका थिए । मेगा बैंकको शाखासहित घमिरमा बैंकिङ्ग काराबार गर्ने लम्साल गत माघ १७ गतेदेखि फरार रहेका छन् । स्थानीय गाउँलेलाई बैंकमा पैसा राखिदिन्छु भन्दै नक्कली भौँचर दिएको स्थानीयले बल्ल जानकारी पाएका छन् । नक्कली भौँचर दिएर झुक्काएको आफुले बल्ल थाहा पाएको ठगीएका पूर्णबहादुर बुढामगरले जानकारी दिए । गाउँलेको २० हजारदेखी १२ लाखसम्म उनले बैंकमा राखिदिन्छु भन्दै लगेको स्थानीय बताउँछन् । गएको माघ महिनाको सुरूमा बुढा मगरले लम्साललाई ५ लाख दिएका थिए । “म सहित गाउँलेले दिएको कत्ति पनि रकम अहिले बैंकमा छैन ।” ठगीएका पूर्णबहादुरले भने, “हामीले राखेको रकम हाम्रो बैंकको खातामा नभेटिएपछि लम्सालले हामीलाई ठगेको खुलासा भएको हो ।”

गएको माघ १७ गते लम्साल फरार भएपनि गाउँलेमा त्यति निराशा थिएन । “फर्केलान् भन्ने हामीलाई आश थियो ।” स्थानीय ठगीएका भिम कार्कीले भने, “गएको सोमबार लम्सालको परिवार नै गाउँबाट भागेपछि हाम्रो पैसा डुब्यो भन्ने भएको छ ।” परिवार नै भागेपछि गाउँलेमा थप निराशा छाएको छ ।

लम्सालबाट ठगीएकाहरू न्याय माग्न अथवा आफ्नो पैसा फिर्ताको लागि आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मी पुगेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मालाई आफुहरू ठगीएको स्वंम ठगीएकाहरूले बताएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले यसबारे बुद्मन मेगा बैंक लिमिटेड तम्घासलाई पत्र पठाएको छ । ठगीएकाहरूसँगको छलफलपछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा गाउँले स्वंम पुगेका छन् । “मेगा बैंकको आफ्नो खातामा राखेको पैसा नभएको र पैसा जम्मा गरिदिने हरि नारायण लम्साल परिवारसहित फरार रहेको भन्दै निवेदन दर्ता गराएका छौं ।” स्थानीय अमर कार्कीले भने ।

आइतबार स्थानीय अमर कार्कीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तम्घास गुल्मीमा पुगेका ठगीएका गाउँलेले आफ्नो ८० लाख रकम बोकेर लम्साल भागेको बताउँछन् । सबै स्थानीय जिल्लामा नआएकोले करिब १ करोड बराबर लिएर लम्साल भागेको हुनसक्ने स्थानीयको आशंका रहेको छ ।

स्थानीको पैसा बोकेर फरार भएपछि लम्सालको नियत पहिलेदेखी नै ठिक नभएको वडाध्यक्ष बेदप्रसाद पन्थीले बताए । गाउँलेबाट पैसा लिएर फरार भएका लम्साललाई स्थानीयले खबर गरीहाल्नुपर्ने उनको धारणा छ । ठगीएका स्थानीयलाई न्याय दिने वा पैसा फिर्ता गर्न वडाले पनि प्रहरी प्रशासनसँग सहकार्य गर्ने वडाध्यक्ष पन्थीले बताए । लम्साल गएको माघ १७ गते घरबाट निस्किएपछि फर्किएका छैनन् । उनी नफर्किएपछि गाउँलले केही दिन वरपरका जंगलमा पनि खोजेका थिए । कतै नभेटिएपछि गाउँलेमा झन् त्रास बढ्दै गएको थियो । तर, गएको सोमबार परिवार नै भगाएपछि गाउँले बल्ल प्रहरीसमक्ष पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले ठगीएकाहरूको निवेदनको आधारमा ठगेर फरार रहेकालाई पक्राउ गरेर पैसा फिर्ता गराउने वा ठगी मुद्दा चलाउने बताए । ठगीएको सबै प्रमाणहरू उनले जिल्ला प्रहरीस् कार्यालय गुल्मीमा बुझाउन आग्रह गरेका थिए ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D