gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा बिभिन्न कार्यक्रमहरु गरेर मनाईयो प्रजातन्त्र दिवस

अनिल खत्री
७ फागुन, गुल्मी । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार गुल्मीमा पनि बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । नेपालमा २००७ सालमा राणाशासन अन्त्य भई प्रजातन्त्र बहाली भएको खुशियालीमा प्रजातन्त्र दिवस मनाउन थालिएको हो ।

दिवसको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा लोकतन्त्र र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न अन्तरक्रियामा जिल्ला स्थित बिभिन्न राजनितिक दल, कार्यालयका प्रमुख, कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा जिल्ला निर्वाचन गुल्मीका प्रमुख राजेन्द्र पोखरेलले लोकतन्त्र र निर्वाचन कार्यलयको अबधारणा पत्र पेस गरेका थिए । अबधारणा पत्रमा नेकपा गुल्मीका कृष्ण सुनार, नेपाली कांग्रेस गुल्मीका सभापति भूवनप्रसाद श्रेष्ठ, जिल्ला समन्य समिति गुल्मीका उपप्रमुख तुल्सीदेवी श्रेष्ठले लोकतन्त्र र निर्वाचन बिषयमा आफ्ना भनाइहरु राखेका थिए ।

कार्यक्रमै जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसाल, नागरिक समाज गुल्मीका पदमप्रसाद पाण्डेय लगायतले आफनो बिचार राखेका थिए । उनिहरुले लोकतन्त्रमा निर्वाचन बलियो माध्यम रहेको बताए थिए ।

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताएका थिए । अन्तरक्रियामा कार्यक्रममा सहभागिले लोकतन्त्र र निर्वाचन विषयमा केहि सुझावहरु राखेका थिए । जिल्ला समन्वय समिति उपप्रमुख तुल्सीदेवी श्रेष्ठको अध्यक्षतामा राखिएको अन्तरक्रियामा जिल्ला समन्वय समिति गुल्मीका अधिकृत चोलराज शर्माले सहजी करण गरेका थिए ।

दिवसको अबसरमा मंगलवार बिहान जिल्ला सदरमुकाम तम्घासमा प्रभातफेरि गरिएको थियो । प्रभातफेरि तम्घास बजारमा बिभिन्न स्थानसँग लाकुरीमञ्चमा आएर सम्पन्न भएको थियो । दिवसको अबसरमा सोमबार जिल्ला सदरमुकाम तम्घासमा जिल्ला समन्वय समिति गुल्मी,रेसुङ्गा नगरपालिकाको आयोजनामा तम्घास बजारमा सरसफाई गर्नुका साथै कार्यलय परिसरमा पनि सरसफाई गरिएको जिल्ला समन्वय समिति गुल्मीका अधिकृत चोलराज शर्माले बताए ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D