गुल्मीमा बाढीको बितण्डा: पहिले भत्किएर फेरी बन्दै गरेको पक्की पुलमा क्षती, ट्याक्टर बगायो पुल पनि बग्ने खतरामा

अप्डेट: गुल्मीमा गत बर्ष भत्किएको झेँदी पुल फेरी भत्कियो: निस्तिखोलामा पनि बर्षाले ट्याक्टर बगायो, पुलमा क्षती पुर्यायो

टोपलाल अर्याल
गुल्मी, ३ बैशाख । गुल्मीमा बाढिले ट्याक्टर बगाएको छ । बुधबार आएको अविरल बर्षाका कारण निस्ती खोलाले चण्डेश्वरी हेवि इक्यूमेण्ट कन्स्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्याक्टर बगाएको छ । सुर्य कन्स्ट्रक्सनले पौदी अमराई– कृष्ण नगर सडकखण्डको पौदी–कल्यार खण्डमा काम गरिरहेको छ । सोहि योजनामा काम गरिरहेको ट्याक्टर साँझ अचानक खोलामा बाढी आएर बगाएको चण्डेश्वरी हेवि इक्यूमेण्ट कन्स्ट्रक्सनका व्यावस्थापक नकुल कार्कीले जानकारी दिए ।

खोला किनारभन्दा ५ मिटर पर रहेको ट्याक्टर पनि ठूलो बाढी भएका कारण बगाएको कार्कीले बताए । उनले ट्याक्टर भएको स्थान अधेरीखोलाबाट तीन किलोमिटर तलसम्म पुगेर पनि नभेटिएकाले फर्किएको जानकारी दिए । त्यस्तै पौदी अमराई–कल्यार जोडने पक्की पुलमा समेत बाढीले क्षति पुराएको छ । बाढीले पुलको तल्लो ढलानमा क्षति गर्नुका साथै फर्मा, फलामका पाइप, जेनेरेटर, हुइम पाइप बगाएको निर्माण व्यावसायी श्रेष्ट कन्स्ट्रक्सनकाका व्यावस्थापक हरि कुमार श्रेष्टले जानकारी दिए । साथै सो कम्पनीकै चौरासी–धुर्कोट जोडने पक्की पुल पनि बाढीको उच्च जोखिममा रहेको श्रेष्टले जानकारी दिए ।

बडिगाड पुल फेरि जोखिममा

गत बर्ष ढलालकै क्रममा भत्किएको झेदी फेरि बाढीका कारण जोखिममा परेको छ । सो पुल भत्किएको पुल आठ महिनापछि निर्माण थालिएको थियो । मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा नं ७ वामी जोडने पुल गत १ बैशाखमा भत्किएको थियो । पुल गएको चैत मसान्तमा तल्लो ढलाई गरिएको थियो । बुधबार बडिगाड खोलामा ठूलो बाढि आएकाले पुल जोखिममा परेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । उनले आफुलाई १० मिनेट बाढि रहे पुल नरहने खबर आएकाले जान थालेको बताए । पुल ०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पुल निर्माणको जिम्मा पाएको हो । अहिले पुल निर्माणको सम्पूर्ण जिम्मा पुर्वाधार विकास कार्यालयको रहेको छ ।

सम्झौता अनुसार ०७५ असार मसान्तमा पुल निर्माणको काम सम्पन्न गर्नुपथ्यो । एक बर्ष म्याद थप भयो । गत बर्ष भत्किएकाले अहिले जेठ मसान्तसम्मको पुन म्याद थप भएको छ । पाँच करोड १७ लाखको लागतका निर्माण हुने पुल ५५ मिटर लामो रहेको छ । प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बाढिले ट्याक्टर बगाएको जानकारी आए पनि अरु क्षतिको बारेमा जानकारी लिने र खोला किनारमा सचेत गराउने काम भइरहेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D