gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा गत बर्ष भत्किएको झेँदी पुल फेरी भत्कियो: निस्तिखोलामा पनि बर्षाले ट्याक्टर बगायो, पुलमा क्षती पुर्यायो

गुल्मीन्युज डट कम
बैशाख ०३ । गुल्मीमा निर्माणाधिन पक्की पुल दोस्रो पटक भत्किएको छ । बुधवार परेको अविरल बर्षाका कारण झेँदीमा निर्माणाधिन मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने पुल भत्किएको हो ।

गत बर्ष निर्माणकै क्रममा भत्किएको पुल यो बुधवार बडिगाड खोलामा आएको ठूलो बाढिका कारण फेरी भत्किएको हो । गत बर्ष भत्किएको आठ महिनापछि उक्त पुलको पुन: निर्माण थालिएको थियो । पुलको केही हप्ता पहिले मात्र ढलाई गरिएको थियो ।

पुल ०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको हो । अहिले पुल निर्माणको सम्पूर्ण जिम्मा पुर्वाधार विकास कार्यालयको रहेको छ । सम्झौता अनुसार ०७५ असार मसान्तमा पुल निर्माणको काम सम्पन्न गर्नुपथ्यो । एक बर्ष म्याद थप भयो । गत बर्ष भत्किएकाले अहिले जेठ मसान्तसम्मको पुन म्याद थप भएको छ ।

पाँच करोड १७ लाखको लागतका निर्माण हुने पुल ५५ मिटर लामो रहेको छ ।

उता पौँदी अमराई-कल्यार जोड्ने पक्की पुलमा समेत बाढीले क्षति पुराएको छ । बाढीले गजुर्मुखी हरिहरी जेभी कन्स्ट्रक्सनले निर्माण गरिरहेको पुलको स्लेब ढलान गर्न तयार पारीएका फर्मा, फलामका पाइप, प्लाईवुड, जेनेरेटर, हुइम पाइप बगाएको निर्माण व्यावसायी संघ गुल्मीका महासचिब तथा श्रेष्ठ कन्स्ट्रक्सनका व्यवस्थापक हरि कुमार श्रेष्ठले गुल्मीन्युज डट कमलाई जानकारी दिए । त्यस्तै बाढिले निर्माण कम्पनीको ट्याक्टर पनि बगाएको छ । निस्ती खोलाले चण्डेश्वरी हेवि इक्यूपमेण्ट कन्स्ट्रक्सनको लु.१.त २४८२ नम्बरको ट्याक्टर बगाएको जनाईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D