gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा “फ्री वाईफाई”ले रेस्टुरेन्ट-भट्टीमा हुने झगडामा कमी

प्रेम सुनार
गुल्मी, साउन ८ । गुल्मीको सदरमुकाम तम्घासमा केही वर्ष अघिसम्म एउटा समूह थियो, जो होटल रेष्टुरेण्टहरुमा साथी बनेर आउने र पिउँदै जाँदा झगडा सुरु गरेर दुश्मन बनेर फर्कने । पछिल्ला दुई तीन वर्षयता सबै होटल, रेष्टुरेण्टहरुमा फ्री वाईफाई सुविधा हुन थालेको छ ।

अहिले सोही समुहका तिनै होटल रेष्टुरेण्टमा साँझ पर्न साथ आउँछन । मदिरा पिउनु भन्दाको हतारो आ–आफ्ना साथीहरुसँग च्याटमा कुराकानी भ्याई नभ्याई देखिन्छ । सँगै बसेर पिइरहेका साथीहरुबिचको कुराकानी शुन्य जस्तै देखिन्छ । यतिसम्मकी पिउन लागेको मदिरा र अन्य खाने कुरा सकिएको वा मिठो–नमिठोको समेत मतलव छैन ।

च्याटको ब्यस्ततामा एउटा चिज खान्छु भन्दा अर्को चिज मुखमा राखेको समेत उदाहरणहरु छन् । कुनै साथीले त्यही विचमा कुरा निकाल्छ । अर्को साथीले भन्छ –‘पख न यार, एक जनासँग अर्जेन्ट कुरा भईरहेको छ ।’

यसरी नै जाँड भट्टीको समय खासै आपसमा गफ नभई सकिन्छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्का भन्छन–‘विज्ञान र प्रविधीमा मानिसहरु ब्यस्त छन । होटल रेष्टुरेण्टहरुमा पिउँदै गर्दा आपसमा कुराकानी कमै हुने गरेपछि कसरी झगडा होस् ? विज्ञान र प्रविधिको यो एउटा सकारात्मक पाटो हो ।

विगतमा सदरमुकाम लगायतका केही बजारका होटल रेष्टुरेण्टहरुमा प्राय दैनिक जसो झै झगडा, कुटपिटका घटनाहरु भईरहन्थ्यो । प्रहरी निरीक्षक खड्काका अनुसार बाहिर बरु झै झगडाका घटना फाटफुट आउने गरेका छन तर होटल रेष्टुरेण्ट भित्र त्यस्ता घटना आजकल विरलै आउने गरेका छन् ।

अहिलेका पिढीलाई इन्टरनेटको लत बढी नै लागेकोले लागु औषध दुव्र्याशनी समेत कम हुँदै गएको केही दिन अघि ५ नम्वर प्रदेश प्रहरी कार्यालयले सार्वाजानिक गरेको तथ्याङकले पनि देखाएको छ ।

५ नम्वर प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले भनेका छन–‘सामाजिक सुरुक्षाका विषयमा प्रहरीको सक्रियता बढाईएको छ । लागु औषध दुव्र्याशनी न्युनिकरणका लागि प्रहरी संगठनले ब्यापक रुपमा टोलटोलमा पुगेर जनचेना मुलक कार्यक्रमहरु गर्दै आएको छ । विगतका वर्षहरुको तुलनामा गत आर्थिक वर्षमा त्यसको सकरात्मक परिणाम मिलेको छ ।’

उनले यसमा नागरिक समाजको समेत सक्रियता र साथ रहेको बताएका छन् । प्रहरी संगठनको त्यही नीतिगत योजना अनुसार गुल्मी जिल्ला प्रहरीले पनि टोलटोलमा प्रहरी अभियान सुरु गरेको र त्यसले अपराधिक घटनामा कमी आएको गुल्मीका प्रहरी प्रवक्ता खड्काको भनाई छ ।

इन्टरनेटको लतले पनि मानिसहरुमा झैझगडा कम भएको ५ नम्वर प्रदेश भित्रका अन्य प्रहरी अधिकारीहरु पनि स्वीकार गर्छन् । कतिपय परिवारको घरमा समेत घरायसी कुराकानी भन्दा श्रीमान, श्रीमती, छोरा छोरी फेशबुक च्याट र युट्युवमा बढी ब्यस्त हुने पाइएको छ । ‘काम नभएपछि हुने हो झगडा र काटामार’ भन्ने बुढापाकाहरुको भनाई सत्यमा परिणत हुँदैछ ।

विकशित मुलुकहरुमा सवैले रोजगारी पाएका छन् र एक देखि अर्कोसाग बोल्ने फुर्सदनै छैन । उनीहरुबीच के को झगडा र आन्दोलन होस् ? हाम्रो देशमा रोजगारी नपाए पनि इन्टरनेट सुविधा क्रमिक रुपले सवैतिर बिस्तार हुँदैछ ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D