गुल्मीमा पहिलो पटक अप्रेशन गरेर सुत्केरी गराईएको बाख्राले फेरी पायो जुम्ल्याहा पाठा

गुल्मी, फागुन १३ । मानिसले बच्चा जन्माउन नसके अप्रेसन गरी बच्चा जन्माएको त हामीले देख्दै, सुन्दै, भोग्दै आएका छौँ तर मूल्यसँग तुलना गरेर पशुलाई हेर्ने कारणले कतिपय पशु भने उपचार बिना नै मृत्यु हुने गरेको देखिन्छ ।

गल्मी जिल्लामै पहिलो पटक सत्यवती गाउँपालिकामा बाख्राको अप्रेसनबाट जुम्ल्याहा पाठापाठी जन्मिएको १ वर्ष नपुग्दै अप्रेसन गरिएको बाख्राबाट नै सामान्य रुपमा माघ २७ गते पुनः जुम्ल्याहा पाठा जन्मिएका छन् । यसले बाख्राको अप्रेसन पूर्ण रुपमा सफल भएको र अप्रेसन पछि सामान्य अवस्थामै बाख्रा रहनुले मेजर अप्रेसनका लागि थप हौसला मिलेको सत्यवती गाउँपालिका पशुपंक्षी विकास शाखाका पशु सेवा प्राविधिक नारायण खनाल बताउनुहुन्छ ।

जिल्लामै पहिलो पटक सत्यवती गाउँपालिकामा बाख्राको सफल अप्रेसनबाट जुम्ल्याहा पाठापाठी जन्मिनुले गाउँपालिकाकै लागि गर्वको विषय बनेको र यस्ता कार्यले निरन्तरता पाउनुपर्ने गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल बताउनुहुन्छ ।

सत्यवती गाउँपालिका वडा नं. २ चेहेमीका रोम बहादुर कुँवरको घरमा पालिएको बाख्राले सामान्य रुपमा बच्चा जन्माउन नसकी ९ दिन लामो बेथा लागेपछि गत वर्ष फागुन १७ गते अप्रेसन गरी जुम्ल्याहा पाठापाठी जन्माएको थियो । अप्रेसन गरी जन्मिएको पाठा अहिले १५ हजार मूल्य पर्ने बोकाकोे रुपमा रहेको र पाठी ब्याउनी रहेको कुँवर बताउनुहुन्छ ।

आश मारिसकेको बाख्राबाट जुम्ल्याहा पाठापाठी त राम्रो भयो तर म महिला भएकाले अप्रेसनपछि बच्चा जन्माउन आफूलाई जस्तै दुःख हुन्छ होला अझ बाख्राको अप्रेसन त अन्त नभएको सुन्दा झन् डराएँ तर यसपटक पनि बाख्राले जुम्ल्याहा नै पाठा सामान्य रुपमा जन्मायो अहिले त्यही बाख्राबाट ४ बाख्रा उत्पादन भएको देख्दा कुँवरकी श्रीमती थमीमाया कुँवर सफल अप्रेसन गरिदिनु हुने पशु सेवा प्राविधिक खनाललाई भगवान् नै मानेको बताउनुहुन्छ ।

पशु स्वास्थ्यलाई संवेदनाले नहेरी मूल्यसँग मात्र तुलना हुँदा कैयौँ पशुको उपचार बिना नै मृत्यु हुने गरेकोले मेजर अप्रेसनहरुको सेवा निःशुल्क दिन सके पशुधन संरक्षण गरी कृषकको आयआर्जनमा टेवा पुग्ने र किसान पशुपालनतर्फ आकर्षित हुने खनाल बताउनुहुन्छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D