gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा धान उत्पादन बृद्धि

अनिल खत्री
गुल्मी, पुस १८ । गुल्मीमा यो वर्ष धान उत्पादन बृद्धि भएको छ । जिल्ला कृषि बिकास कार्यालय गुल्मीले दिएको उत्पादनको तथ्याङ्ककका आधारमा जिल्लामा गत वर्ष भन्दा यो वर्ष धान उत्पादनमा बृद्धि भएको हो । जिल्लाको बिभिन्न ठाउमा रहेको कुल १० हजार ४ सय ३५ क्षेत्रफलमा लगाईएको धान वालिमा यस वर्ष २९ हजार ९ सय ९ म्याट्रिक टन उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिए ।

गत वर्ष र यस वर्ष पनि एउटै क्षेत्रफलमा उत्पादन भएपनि यस वर्ष अघिल्लो वर्ष भन्दा ५ प्रतिशत वढी उत्पादन भएको हो । जिल्लामा अघिल्लो वर्ष २७ हजार ९ सय १२ म्याट्रिक टन धान वालि उत्पादन भएको थियो ।

समयमै उचित वर्षा भएसँगै गत वर्षको तुलनमा हेर्दा यस वर्ष गुल्मीमा धान वालि उत्पादनमा कमी आएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ । गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाउनु र उत्पादन गरेर भन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछी खेतीयोग्य जमिन बाझो हुनेक्रम पनि वढदै जान थालेको छ ।

हाल जिल्लामा रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा धान उत्पादनमा सघाउ पु¥याउन जिल्ला कृषि बिकास कार्यलय गुल्मीले बिउमा अनुदान, साना सिचाई सहकारी सिचाईमा सहयोग, बालि संरक्षण रोग कीरा नियन्त्रण, बिभिन्न तालिम सहित प्राबिधिक सहयोग सल्लाह दिदै आएकोे कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिए ।

जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । भने ६ हजार ३ सय ९८ क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जिल्लामा सबैजसो ठाउमा सिचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D