गुल्मीमा दुई सहित सनराइज बैंकको थप पाँच शाखा रहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं, पुष २१ । सनराइज बैंकको थप पाँच शाखारहित बैंकिङ्ग सेवा सुरु भएको छ । गुल्मीका सहित तनहुँ, नवलपरासी र सुनसरी जिल्लामा यो सेवा सुरु भएको हो। यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ।

शुक्रबार बैंकले व्यास नगरपालिका –१४ केशवटार तनहुँ, सुनवल नगरपालिका–७ अस्नैया नवलपरासी र गढी गाउँपालिका –२ भमरीबजार सुनसरीमा ३ वटा शाखारहित बैंकिङ्ग सेवा खोलेको छ।

शनिबार धुर्कोट गाउँपालिका –३ हाडहाडे गुल्मी र धुर्कोट गाउँपालिका– ७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।

साथै सोमबार काठमाडौं कलंकी स्थित मालपोत कार्यालयमा बैंकको १२ औं एक्सटेन्सन काउन्टरको सुरु गरेको छ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकको भनाइ छ।

यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिन्छ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पर्याउने उद्देश्य बैंकको छ।

हालसम्म यो बैंकको १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम छन्।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D