gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

अनिल खत्री
२५ जेठ, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिवार बिहान रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भगाँरी घुम्टीमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा चालक नवलपरासी सुनवल घर भएका २१ वर्षिय अम्मरबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

रिडीबाट बालुवा लिएर तम्घास तर्फ आउँदै गरेको लु ४ त २८४६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिव २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

रातिको समयमा दुर्घटना भएपनि नजिकै बस्ती नभएकाले बिहान उज्यालो भएपछि मात्रै थाहा भएको वडानम्बर १३ का वडा अध्यक्ष खुमबहादुर खत्रीले बताए । दुर्घटनाको कारण भने खुलेको छैन् ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D