अनिल खत्री
२८ चैत, गुल्मी । गुल्मीमा जिप दुर्घटनमा पूर्व संसद सहित ३ जनाको मुत्यु भएको छ । दुर्घटनमा परेर ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते मध्ये ३ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ च्यानडाँडा भन्ने स्थाानमा लु १ ज १९५७ जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा जिपमा सवार धुर्कोट गाउँपालिका ५ बस्तु निवासी ७२ वर्षिय पूर्व संसद एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी रुद्रामणीशर्मा भण्डारी र मालिका गाउँपािलका वडा नम्बर १ निवासी ८ वर्षिय ओस्कर बिकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यलय गुल्मीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताए ।

दुर्घटनामा घाइते मध्ये मालिका गाउँपालिका २ निवासी ३२ वर्षिय कोशिला थपाको पनि मृत्यु भएको छ । थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ६ जनालाई पाल्पा लगिएको १ जनको वामी टक्सार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पूर्व संसद भण्डारी ०४७ सालको निर्वाचनमा तत्कालिन गुल्मी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट संसद बनेका थिए ।


जिपमा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको । जिप बिहिवार बिहान दर्लिङ्ग गुल्मीबाट बुटवलका लागि छुटेको थियो । दुर्घटनामा परि घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षिय सुर्य थापा, सोहि वडाकै गाडी चालक ३६ वर्षिय कमल पुरी, ३ बर्षिया कृतिमा थापा, ५ वर्षिय जेनिस थापा, १८ वर्षिय नरेन्द्र श्रीस, मुसिकोट नगरपालिका १ का ४० वर्षिय भोजबहादुर भट्टराई र ३८ वर्षिय रिमा भट्टराई रहेको जिल्ला ट्राफिक कार्यलय गुल्मीका प्रहरी सहायक निरिक्षक खनालले बताए ।

