gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा गाउँपालिकाले किसानलाई बाँड्यो ६१ वटा हाते ट्र्याक्टर

अनिल खत्री
२२ मंसिर, गुल्मी । कृषिमा अधुनिकता ल्याउन भन्दै गुल्मीको एक गाउँपालिकाले ठूलो परिमाणमा मिनिटिलर (हाते ट्याक्टर) को वितरण छ । जिल्लाको सत्यवती गाउँपालिका कार्यपालिकाले आ.ब.०७५÷७६ को कृषितर्फको वार्षिक बजेट कार्यक्रमबाट एक कार्यक्रमका बिच कृषकहरुलाई मिनिटिलर (हाते ट्र्याक्टर) को वितरण हो ।

कृषक समूह एवम् व्यावसायिक कृषकहरु लक्षित गरी ५० प्रतिशत अनुदानमा ६१ वटा मिनिटिलर (हाते ट्याक्टर) कृषकहरुलाइ वितरण गरेको गाउँपािलका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले बताए । परम्परागत कृषिलाई व्यावसायिक पेशाको रुपमा विकास गर्ने लक्ष्य अनुरुप कृषि प्रविधिको वितरण गरिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।

उनले गाउँपालिकाले कृषि, पशुपालन र पर्यटनको माध्यमबाट गाउँपालिकालाई आर्थिक रुपले विकसित बनाउने बताए । कृषिमा आधुनिताको प्रबिधि प्रयोग गरेर व्यवसायिक कृषि तर्फ कृषकहरुलाई आकर्षित गर्ने कार्यक्रहरु राखिने बताए ।

अहिले गरि रहेको कृषिमा आधुनि प्रबिधि प्रयोग गरेर कम लागतमा धेरै उब्जनी बनाउनको लागि गाउपालिकाले आगामी कार्यक्रमहरु समाबेश गर्दै लैजाने ढाकलले बताए ।

गाउँपालिकालाई दुध, मासु, टमाटर, काउली आदिमा आत्मनिर्भर भई निर्यात समेत सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । उनले कृषिको आधुनिकीकरण गरी अन्य अन्नबाली र तरकारीबालीमा समेत निर्यात गर्नुपर्ने अबस्था ल्याउन गाउँपालिकााले आमागी योजना बनाएको बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D