gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा खाद्यान्न तथा तरकारीको मनपरी मुल्य: १ किलो घिरौँलामा ३० रुपैँया सम्म अन्तर

सन्तोष महतरा
गुल्मी, ०६ साउन । गुल्मीमा अनुगमन र नियमन गर्ने निकाय आँखा चिम्लेर बस्दा उपभोक्ता मारमा परेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा दैनिक उपभोग्य बस्तुको मुल्य व्यापरीले मनपरि रुपमा राखेपनि अनुगमन र नियमन गर्ने निकाय आँखा चिम्लेर बस्दा उपभोक्ता मारमा परेका हुन् ।

सदरमुकाम तम्घासका चोकचोकमा तरकारी तथा अन्य दैनिक उपभोग्य समानको मुल्य आ–आफ्नै रहेको छ । पुतलीबजारमा प्याजको मुल्य प्रति किलोग्राम ७० रुपैयाँ छ । खानीगाउँमा उही प्याजको मुल्य प्रति किलोग्राम ६० रुपैयाँ छ । उदिनढुङ्गामा प्रति किलोग्राम ७० पर्ने प्याज फेरि क्याम्पसरोडमा ६५ रुपैयाँ छ । सामान्य प्रकारको तरकारी घिरौला पुतलीबजारमा प्रतिकिलोग्राम ९० रुपैयाँ, खानीगाउँमा १ सय रुपैयाँ र उदिनढुङ्गामा ७० रुपैयाँ किलोग्राम छ । तोरीको तेल प्रतिलिटर २ सय ३५ रुपैयाँ देखि २ सय ५० रुपैयाँसम्म रहेको छ । यस्ता त केही सामान्य उदाहरण मात्र हुन् । जिल्लामा हरेक प्रकारका खाद्यान्नका समानमा ब्यापरीले मनपरि मुल्य तोकेका छन् । यसरी सामान्य प्रकारका तरकारी तथा अन्य उपभोग्य बस्तुमा व्यापरीको मनपरी मुल्यले उपभोक्ता चर्को मुल्यमा तरकारी किन्न बाध्य छन् । तरकारी उत्पादन हुने सदरमुकाम आसपासका क्षेत्रबाट सस्तो मुल्यमा तरकारी खरिद गरेर बिचौलीयाका रुपमा व्यापरीले मनपरि मुल्य बढाएका छन् ।

नियमनकारी निकायको उदासिनता

नियमनकारी निकायको उदासिनताका कारण ब्यापरीले जसलाई जति मन लाग्छ त्यति मुल्यमा वस्तुको बिक्री गरिरहेका छन् । जिल्लाका अनुगमन र नियमकारी संस्था गुल्मी उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श र जिल्ला तरकारी तथा फलफूल व्यवसायी संघ गुल्मी हुन् । हरेका प्रकारका खाद्यान्नहरुको मुल्य निर्धारण गर्ने यी संघ संस्थाले अनुगमन र नियमन नगर्नाले उपभोक्ता चर्को मुल्य तिर्न बाध्य छन् । “हामीले खाद्यान्नको मुल्य निर्धारण गरेका छौँ ।” गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले भने, “हामीले गरेको मुल्य निर्धारणभन्दा माथि ब्यापरी जानु हुदंैन साथमा हामीले अनुगमन पनि गरिरहेका छौँ ।”

त्यस्तै चेम्बर अफ कमर्शका उपाध्यक्ष बिरेन्द्र भुषालले पछिल्लो समय समानको खरिद मुल्य बढेकोले स्वभाविक रुपमा तम्घासमा पनि मुल्य बढेको बताए । “हाम्रो संस्थाको तर्फबाट हामीले मुल्य निर्धारण गरी अनुगमन र नियमन गछौँ ।” उपाध्यक्ष भुषालले भने, “मनपरि रुपमा मुल्य तोकिएको छैन ।” जिल्ला तरकारी तथा फलफूल व्यवसायी संघ गुल्मीका अध्यक्ष यमलाल बेलबासेले तरकारी तथा फलफूलको मुल्यको बारेमा बुझेर नियमन गर्ने बताए । “हामीले अहिलेसम्म अनुगमन नगरेको स्विकार गछौँ ।” अध्यक्ष बेलबासेले भने, “चर्को मुल्यमा बेच्ने तरकारी तथा फलफूल पसलेलाई संस्थामा जानकारी गराएर अनुगमन गछौँ ।”

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला प्रशासन कार्यालय गुल्मीले आफै तत्काल अनुगमन गर्ने बताइन् । “नियमनकारी संस्था गुल्मी उद्योग वाणिज्य संघसहित अरुपनि छन् ।” प्रमुख जिल्ला अधिकारी शर्माले भनिन्, “सबै संघसंस्थानको प्रतिनिधत्व हुनेगरी जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुगमन गर्छ । नियमनकारी संघसंस्थाले अनुगमन गर्न सक्ने भएपनि उनीहरुले तदारुकता नदेखाएपछि जिल्ला प्रशासन कार्यालयले उनीहरुसहित बजार अनुगमन गर्ने भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले अहिले कोभिडका कारण गरिएको लकडाउन खुकुलो भएकोले अनुगमन गर्न सहज हुने बताइन् । तम्घासका ब्यापरीले भैरहवा र बुटवलबाट आउने समान डिजेल महङ्गिएका कारणले सवारी भाडामा बढी खर्च हुने गुनासो गर्दै आएका छन् । तर, जिल्लामा यसभन्दा पहिले धेरै पटक बजार अनुगमन भएपनि यसको दिर्घकालिन फाइदा देखिएको छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D