गुल्मीमा कृषक अनुदानबाट टाढा छन् किसान

मनोज कार्की
गुल्मी, पौष ३ । गुल्मीमा अनुदानबाट कृषक बञ्चित भएको पाइएको छ । स्थानीय तहले अनुदानमा कृषि सामग्री तथा व्यवबसाय गर्न प्रेरित गरेपनि कृषक त्यसबाट लाभान्वित नभएको पाइएको हो । केहि कृषकहरूले आफुहरुलाई अनुदान सम्बन्धि केही जानकारी नभएको बताएका छन् भने केहि कृषक जानकारी भएपनि त्यसबाट उत्साहित भने देखिएका छैनन् ।

अनुदानबाट जिल्लाको मालिका गाउँपालिकाका कृषक उत्साहित नरहेको पाईएको हो । गाउँपालिकाले ५० प्रतिशत अनुदान दिदाँ पनि अनुदानबाट उत्साहित नभएको मालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष श्यामलाल गिरिले बताएका छन् ।गत बर्ष मालिका गाउँपालिकालाई कृषि र पशुपालमा आत्मानिर्भर बनाउँने उदेश्यका साथ गाउँपालिका बाट दश लाख बजेट बिनियोजन गरिएता पनि अनुदान लिन नआएको अध्यक्ष श्यामलाल गिरिकाे भनाइ छ । पछिल्लो समयमा मालिका गाउँपालिकामा हेफरले अनुदान दिएता पनि कृषकहरु अनुदान तर्फ आर्कषित नभएको पाईएको छ ।

गाउँपालिका सबै नागरिक आर्थिक हिसाबले सम्पन्न नभएका पनि बसोबास गर्दछन् कतिपय कृषक अनुदान दिएता पनि बाकिँ रकम लिन नसक्ने भएकाले लिन नआएको गाउँपालिकाले बताएको छ ।
तर कृषक प्राय यस्तो सुविधाबाट सुचनाबिहिन र झन्झटिलो प्रक्रियाका कारण अनुदान बाट टाढा नै रहेका छन् । तर जिल्लामा केहि कृषकले अनुदान लिएपनि वास्तविक कृषक यसबाट बञ्चित छन् । कृषकहरू अनुदान लिन नआएको गाउँपालिकाले प्रतिक्रिया दिएपनि कृषकमाझ गाउँपालिकाले यस्तो कार्यक्रम पुर्‍याउन सकेको छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D