गुल्मीमा करेन्ट लाग्दा ११ को परिक्षा दिएर घर जाँदै गरेकी युवतीको मृत्यु, अर्की एक घाईते

सन्तोष महतारा
गुल्मी, जेठ ०९ । गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

यो पनि पढ्नुस्: गुल्मीको कालिगण्डकी खोला किनारमा फेरी भेटियो अर्की महिलाको बेवारिसे शव

कक्षा ११ को परिक्षा दिएर अर्जेबाट आफ्नो घर नेटा जाँदै गरेकी नेटा भलखाँडाकी विनिता रसाइलीको मृत्यु भएको हो । उनकी साथी मालिका गाउँपालिका ६ अर्जे घर भएकी जुना विक गम्भिर घाइते भएको स्थानिय चन्द्र वहादुर महताराले जानकारी दिनुभएको छ ।

अर्जेबाट नेटा फर्किदा छापहिले रँग भन्ने ठाउँमा करेन्ट लागेको सोहि वडाका वडाअध्यक्ष श्यामलाल गिरीले पुष्टी गर्नु भएको छ ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पातल ल्याउने तयारी भएको त्यहाँ पुगेको प्रहरीले जानकारी दिएको छ । एकआपसमा हात समातेर हिंडिरहेका उनिहरुलाई एक्कासी करेन्ट लागेको प्रत्यक्षदर्शीहरुले बताए ।

विस्तृत रुपमा के कारणले करेन्ट लागेको भन्ने अझै खुलेको छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D