gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीको कालिगण्डकी खोला किनारमा फेरी भेटियो अर्की महिलाको बेवारिसे शव

अनिल खत्री
गुल्मी, ९ जेठ । गुल्मीको कालिगण्डकी खोला किनारमा बेवारिसे शव फेला परेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ कालिगण्डकी खोला किनारमा एक जना महिलाको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

यो पनि पढ्नुस्: गुल्मीमा करेन्ट लाग्दा ११ को परिक्षा दिएर घर जाँदै गरेकी युवतीको मृत्यु, अर्की एक घाईते

बेवारिसे अबस्थामा फेला परेको अन्दाजी ३० वर्ष भन्दा माथी उमेरकी महिलाको रहेको प्रहरीले जनाएको छ । सडेको अबस्थामा रहेको शवको टाउकाको आधारमा प्रहरीले महिला भनेर मात्रै चिनेको प्रहरी निरिक्षक खड्काले बताए ।

शवलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइदै रहेको प्रहरीले जनाएको छ । शव पहिचाहनको लागि छिमेकी जिल्लाहरुमा पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीसँगै सिमानामा पर्वत र स्याङजा जिल्ला पर्दछन् ।

गत असारमा पनि कालिगण्डकी २ मा स्थानियले माछा मार्ने क्रममा खोलाको किनारमा घाटी भन्दा माथी नभएको शरिर नग्न अबस्थामा रहेको युवतीको शब फेला पारेका थिए । जस्को पहिचाहन नभएपछी प्रहरीले दाहसंस्कार गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D