gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा आँखा शिविरमा ६४ जनाको निःशुल्क शल्यकृया

हुमाकान्त पोखरेल
गुल्मी, १२ फागुन । गुल्मीको मालिका गाउँपालिकाले संचालन गरेको निशुल्क आखाँ शिविरमा ६४ जनाको शल्यकृया गरिएको छ । सोमबार र मंगलबार संचालन गरिएको शिविरमा मालिका, इस्मा, मदाने र धुर्कोट गाउँपालिकाका ६४ जनाको आखाँको मोतियाबिन्दुको निःशुल्क शल्यकृया गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।

गाउँपालिकाले फागुन २ गते मालिका –२ दर्लिङ, ३ गते मालिका –५ छाप र ४ गते मालिका –६ अर्जैमा आखाँ शिविर संचालन गरेको थियो । शिविरमा कुल ३३६ जनाले सेवा लिएका छन् भने एक सय जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका शल्यकृया गर्ने नागरिकलाई निःशुल्क यातायात सुविधाको पनि उपलब्ध गराएको थियो ।

गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो । जसमा नेपाल नेत्र ज्योति संघ, पाल्पा लायन्स लाकोल आखाँ अस्पतालमा कार्यरत डाक्टर एलिना गौतमको नेतृत्वमा आएको समुहले शल्यकृया गरेको हो । मालिका गाउँपालिकाले पछिल्लो तीन बर्षमा अहिलेसम्म १८२ जनाको मोतियाबिन्दुको मात्रै निःशुल्क शल्यकृया गरेको स्वास्थ्य संयोजक भुसालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D