gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा अब ईन्टरनेटबाटै बिजुलीको बिल तिर्न सकिने

अनिल खत्री
गुल्मी, २२ फागुन । गुल्मीमा नेपाल बिद्युत प्राधिकरणको बिल घरमै बसेर गर्न सकिने भएको छ । नेपाल बिद्युत प्राधिकरण गुल्मी बितरण केन्द्रले इन्टरनेटको सहायता मार्फत इसेवाबाट घरमै बसेर बिल भुक्तानी गर्न सकिने भएको छ ।

छिटो छरितो र ग्राहकहरुको सुबिधाको लागी अब घरमै बसेर पनि इन्टरनेट मार्फत बिल भुक्तानी गर्ने व्यावस्था मिलाइएको गुल्मी बितरण केन्द्रले जनाएको छ । ग्राहकहरुले आफनो बिद्युत सेवा प्रयोग गरे वापतको तिनुपर्ने रकम तिर्नको लागी प्राधिकरणको कार्यालय नपर्ने भएको छ ।

यो सेवा प्रयोग गर्न गुल्मीमा इसेवा, प्रमुबैक मार्फत भुक्तानी गर्न सकिने गुल्मी बितरण केन्द्र प्राधिकरण प्रमुख नारायण अर्यालले जानकारी दिए । ग्राहकले यो सेवा लिनको लागी नजिकैको इसेवा सेन्टर वा प्रभुबैकमा गएर आफनो ग्राहक नम्बर र ग्राहक आइडी मार्फत उल्लेख रकम भुक्तानी गर्न सकिने प्रमुख अर्यालले बताए ।

यो सेवा सुरुवात भएसँगै गुल्मी जिल्लावासीले इन्टरनेट वा बैंक मार्फत जुनसुकै ठाउँबाट भुक्तानी गर्न सक्नेछन् । इन्टरनेट मार्फत बिद्युत बिल भक्तानी गर्दा बिलमा उल्लेखित रकम भन्दा वढी मुल्य तिर्नु नपर्ने ईसेवा गुल्मी सेन्टर प्रमुख जनक पन्थले बताए । यो सेवा प्रयोग गर्न इसेवा आफनै मोवाइलमा प्रयोजग गर्न सकिने र मोवाइल बाहेक ल्यापटप कम्प्युटरबाट पनि सिधै व्यक्ति स्वयमले पनि भुक्तानी गर्न सकिने पन्थले बचताए ।

बिद्युत बिल भुक्तानीको लागी प्राधिकरणकै सेवा सुबिधा अनुरुप छुट पाउने खण्डमा छुट र जरिमाना लाग्ने खण्डमा जरिमाना लाग्ने सुबिधाहरु इसेवाबाट भुक्तानी गर्दा पाउने व्यवस्था रहेको पन्थको भनाई छ ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D