gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीबाट २ जनाले जितिसकेको इन्टिग्रिटी आइडल अहिले कस्ले जित्ला?

काठमाडौं, २४ मंसिर | १८ डिसेम्बरमा सार्वजिनक हुन लागेको इन्ट्रिग्रिटी आईडलको अन्तिम चरणमा पुगेका ५ जना निजामती कर्मचारीमध्ये अहिलेसम्म सिर्जना तिवारी अगाडि देखिएकी छन् । आजसम्मको मत परिणाम अनुसार तिवारीले एसएमएसमार्फत ३६ र अनलाईन मतदानमार्फत २१ प्रतिशत मत पाएकी छिन् । दोस्रो नम्बरमा देखिएका शेषनारायण पौडेलले एसएमएसमार्फत २७ र अनलाईनमार्फत २३ प्रतिशत मत पाएका छन् ।

इन्टिग्रिटी आईडलको चौथो संस्करण ‘इन्टिग्रिटी आइडल नेपाल २०१७’का उत्कृष्ट पाँचलाई अनलाईन तथा एसएममएसमार्फत मतदान गर्दा तिवारी अगाडि देखिएकी हुन ।

उत्कृष्ट पाँचमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सिर्जना तिवारी, जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग बबरमहलमा सहायक वन अधिकृतका रुपमा कार्यरत सवनम पाठक, पञ्चदेव मावि कालीकोटका गणित शिक्षक सवराज बम, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक र पूर्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह सदस्य रहेको निर्णायक समितिले मनोनयनमा परेकामध्येबाट उत्कृष्ट पाँच जनाको नाम चयन गरेको हो ।

नागरिकप्रति उत्तरदायी, जिम्मेवार र पारदर्शी रुपमा काम गर्ने सरकारी कर्मचारीलाई थप जवाफदेही बनाउने उद्देश्यले सन् २०१४ देखि इन्टिग्रिटी आइडलको शुरुवात गरिएको हो । सन् २०१४ मा पाँचथरका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, सन् २०१५ मा गुल्मीका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल,सन् २०१६ मा सिद्धबाबा मावि गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीस विजेता बनेका थिए । नेपालबाट शुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा लाइबेरिया, पाकिस्तान, माली, नाइजेरिया र दक्षिण अफ्रिकालगायतका देशसम्म पुगेको छ ।

अन्तिममा परेका प्रतिस्पर्धीलाई एसएमएस र वेबसाइटमार्फत मत दिन सकिनेछ । कृष्ण धितालका लागि मतदान कोड १, सवनम पाठकका लागि २, सवराज बमका लागि ३, शेषनारायण पौडेलका लागि ४ र सिर्जना तिवारीका लागि कोड ५ छ । मोबाइलको म्यासेज बक्समा गएर आइआइएन टाइप गरी स्पेस दिएर आफूलाई मनपर्ने नामको मतदान कोड लेखी ३४००१ मा पठाउन सकिनेछ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D