Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीबाटै कोरोना परिक्षण सुरु: पहिलो दिन ३६ वटा नमुना परिक्षण गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ - Gulminews

गुल्मीबाटै कोरोना परिक्षण सुरु: पहिलो दिन ३६ वटा नमुना परिक्षण गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ

सागर भण्डारी
गुल्मी, असौज ०८ । गुल्मीबाटै कोरोना परिक्षण सुरु भएको छ । पीसीआर मेसिनको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले असौज १ गते उद्घाटन गर्नुभएको थियो । मेसिनको उद्घाटन पछि ल्याव सञ्चालनमा झण्डै १ हप्ता लाग्ने बताइएको थियो ।

बुधवारबाट कोरोना परिक्षण गुल्मीमै सुरु भएको हो । मेसिन सम्पूर्ण पुरा भएपनि जनशक्ति अभावका कारण कोरोना परिक्षण असौज १ गतेबाटै हुन नसकेकोमा कर्मचारीहरु पूरा भएपछि सुरु भएको ल्यावका असिस्टेन्ट लक्ष्मण पन्थीले बताउनुभयो । बुधवार प्राप्त ३६ वटा नमुनाको परिक्षण गरिएको उहाँले बताउनुभयो । जसमध्ये रुरु क्षेत्र गाउँपालिकाका ३० वटा र गुल्मी अस्पतालका ६ वटा नमुना परिक्षण गरिएकोमा १६ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिनुभयो । जसमध्ये गुल्मी अस्पतालका ३ जना मध्ये २ जना महिला र १ पुरुष त्यस्तै रुरु क्षेत्र गाउँपालिकाका १३ जना पुरुषमा कोरोना सक्रंमण पुष्टी भएको छ ।

जिल्लामा कोरोना संक्रमितको पहिचान गरी कोरोना समुदाय स्तरमा फैलिन नदिनको लागि पीसीआर मेसिन संचालनमा ल्याईएको हो । उक्त मेसिन मन्त्री ज्ञवालीले नै गत साउन २ गते रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसाललाई हस्तान्तरण गर्नुभएको थियो । तर बीचमा केही प्राविधिक समस्या देखिपछि मर्मतको लागि काठमाडौ लगिएको थियो । अहिले काठमाडौबाट उक्त मेसिनको सट्टा नयाँ मेसिन ल्याइएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घासमा राखिएको परीक्षण प्रयोगशालाबाट एक पटकमा ९६ वटा स्याम्पलको नतिजा आउने तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले जानकारी दिनुभयो ।

गुल्मीमै पीसीआर परीक्षण सुरु भएपछि ४ देखि १७ दिनसम्म पीसीआर रिपोर्टको प्रतिक्षामा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यसभन्दा अगाडी संकलन गरिएका स्वाब काठमाडौ, हेटौडा र भैरवहवा पु¥याउने गरिएको थियो । त्यसो गर्दा रिपोर्टकै प्रतिक्षामा लामो समय कट्ने भएकोले अब त्यो समस्या समाधान भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताउनुभयो । अब स्वाबको सङ्ख्या हेरीकन बढीमा दुई दिनमा नजिता आउनेछ ।’ ल्याबमा अहिले ५ नम्बर प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र तम्घास अस्पतालका एकजना गरी दुईजना कर्मचारी कार्यरत छन् । तर दुईजनाले मात्रै नपुग्ने भएकोले जनशक्ति थप गर्नको लागि सुचना प्रकाशित गरिएको र त्यसको नतिजा पनि प्रकाशन भईसकेको हुनाले अब जनशक्ति थप हुने बताईएको छ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D